छारेरोग दिवसमा न्यूरो हस्पिटलको विराटनगरमा प्रभातफेरी

<span class='c1'>छारेरोग दिवसमा न्यूरो</span> <span class='c2'>हस्पिटलको विराटनगरमा प्रभातफेरी</span>

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो ।
न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारेरोग बारे घर– घर, टोल टोलमा कुरा गरौँ, छारेरोग सरुवा रोग होइन, समयमै उपचार गरे छारेरोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना ¥यालीमा सहभागी रहेका थिए ।


न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारेरोग दिवसमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारेरोगबाट बचौँ भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मूलक कार्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्युरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरु गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्युरो हस्पिटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गरेको कारणले यो अस्पताल बिरामीहरूको लागि रोजाइको पहिलो गन्तव्य बन्ने गरेको छ ।


कार्यक्रममा बोल्दै न्यूरो हस्पिटलका न्यूरोलोजिष्ट डा सुदनन्द पौडेलले छारेरोग पनि निको पार्न सकिने रोग भएको बताए । ‘यो कुनै दैवी÷राक्षसी, पुनर्जन्मको प्रतिफल, देवता लाग्ने, लागो लाग्ने रोग होइन भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । छारे रोगी पनि तपाईं हामी जस्तै साधारण मानिस हुन् । उनीहरुलाई पनि माया गरेर नियमित उपचार गरेर भेदभाव नगरिकन समाजमा साधारण मानिस सरह जीवनयापन गर्न प्रोत्साहन गर्नुपर्छ । उपचारको क्रममा औषधि नटुटाइ खाने र आफू खुसी बन्द नगर्न सहयोग पु¥याउनु पर्छ,’ उनले भने, ‘ चिकित्सकसँग उचित परामर्श गरेर औषधी सेवनले यो रोग निको हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2