भारतबाट लागुऔषध ओसारपसार गर्ने प्रहरीको फन्दामा पुग्छन्

<span class='c1'>भारतबाट लागुऔषध ओसारपसार गर्ने</span> <span class='c2'>प्रहरीको फन्दामा पुग्छन्</span>

विराटनगर । मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४० मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका ६ स्थितबाट पक्राउ गरेको छ ।


त्यसैगरी विराटनगर महानगरपालिका १५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय मोहमद नहिमलाई ब्राउन सुगर १ ग्राम ७ मिलिग्राम, उदयपुर चौदण्डीगढी नगरपालिका ६ का २७ बर्षीय पेशल बस्नेत र २३ बर्षीय गगन खतिवडालाई १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर र निटराभेट टेन १५ ट्याबेलट, मोरङ सुन्दरहरैचा ५ का १९ बर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे(१) का १८ बर्षीय रविन थाङ्देन र २१ बर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकलीले स्थानिय २६ बर्षीय मो।सादिक मिँया र ३५ बर्षीय मो।समिर मिँयालाई ब्राउन सुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा यात्रुवाहक बसमा सवार रहेका धनकुटा सहिदभुमी ७ का ३२ बर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2