टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

<span class='c1'>टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६</span> <span class='c2'>रनले हराउँदै इलामको रोमाञ्चक जित</span>

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकालेको हो । जितसँगै इमालले दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।

इलामले दिएको ११४ रनको विजय लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए । इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको इलामले १९.दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११३ रन बनाएको थियो । जसमा सुवास बजगाइले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौक्का प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए ।
मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए । अहिले दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2