टि–२० क्रिकेट प्रतियोगिता : फाइलनमा आयोजक मिल्स र मोरङ भिड्दै

<span class='c1'>टि–२० क्रिकेट प्रतियोगिता : फाइलनमा</span> <span class='c2'>आयोजक मिल्स र मोरङ भिड्दै</span>

विराटनगर । झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो ।
आयोजक मिल्स क्रिकेट क्लब अपराजित हुँदै फाइलनको यात्रा सुरक्षित गरेको छ । आयोजकले दुई खेलबाट चार अंक जोड्यो । झापाले समान खेलबाट दुई अंक बटुल्दै प्रतियोगिताबाट बाहिरियो ।

यसअघि रनरेटको आधारमा मोरङ फाइलनमा पुगिसकेको छ । उपाधिको लागि शनिबार आयोजक र घरेलु टिम प्रतिस्पर्धा गर्नेछ ।
झापाले दिएको ११० रनको लक्ष्य आयोजकले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जितका लागि आयोजकका मुकुन्द यादवले ३४ बलमा सर्वाधिक ३९ रन बनाए । उनले एक छक्का र ४ चौका हिर्काए । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । विशाल ऋषिदेवले ४१ बलमा ३६ रन बनाए । उनको ब्याटबाट एक छक्का र २ चौका प्रहार गरे । आयोजकका ओपनर विधान गोस्वामीले ८ बलमा पाँच रन मात्रै बनाए । अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । झापाका बलर आयुष न्यौपाने र विजय कार्कीले समान २–२ विकेट लिए ।

यसअघि २० ओभरमा अलआउट हुँदै झापाले १०९ रनको योगफल बनाएको थियो । झापाका भुपेश गौतमले ३८ बलमा ३२ रन पारी खेल्दा दिपु भुजेलले ३७ बलमा २५ रनको योगदान दिए । सिद्धार्थले २४ बलमा २२ रन बनाउँदा झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
आयोजकका कृष कामतले कसिलो बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुधिर कामतले ४ ओभरमा २३ रन खर्चेर तीन विकेट लिए भने प्रशान्त साह र मुकुन्द यादवले समान २–२ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो । चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2