१० वर्षपछिको ३ महिने विदा, वर्षैको भारी बिसाउँदै विद्यार्थी

<span class='c1'>१० वर्षपछिको ३ महिने विदा,</span> <span class='c2'>वर्षैको भारी बिसाउँदै विद्यार्थी</span>

इन्दु साह
विराटनगर। शुक्रबारदेखि एसईई परीक्षा सकिएको छ। १० वर्ष निरन्तर अध्ययन गरेपश्चात एसईई परीक्षा सकिएको खुसीयालीलाई विराटनगरका विद्यार्थीहरूले धुमधामसँग मनाएका छन्।

विद्यार्थीले दिएको परीक्षाको नतिजा जे आउला त्यो त पछिको विषय हो, तर वर्षैको बोझ उतारेको विद्यार्थीहरूले महसुस गरेका छन्। विद्यालय परिसर मात्र नभएर महानगरभरी नै विद्यार्थीको हुल रमाइलो गर्दै गरेको देखिन्छ। होली पर्व केहि दिन अघि मात्रै सकिएको भए तापनि विद्यार्थीहरूले शुक्रबार परीक्षाको अन्तिम दिनलाई होली झैँ अबिर दलेर मनाएका छन्।

विद्यार्थीहरूले एकआपसमा रातो अबिर दलेर साथीभाइलाई सम्झना स्वरूप लगाएको सर्टमा केही शब्द समेत लेखेका छन्। परीक्षा सकिना साथ विद्यार्थीहरूले ठूलो पहाड पार गरेको महसुस गरेका छन्। आदर्श माध्यमिक विद्यालयमा परीक्षा सकेर परिसरमा रमाइरहेका विद्यार्थीहरूको अनुहारमा खुसीको रौनक छाएको थियो। उपस्थित विद्यार्थीहरू भन्छन्, "परीक्षाको सुरुवाती दिनहरूमा मनमा त्रास पैदा भएको थियो, तर परीक्षा दिँदै मनको त्रास हरायो। अब ३ महिनाको विदामा के गर्ने भन्ने योजना बनाउन बाँकी रहेको छ।"

केही विद्यार्थीहरूले वर्षैपछि लामो विदाका साथै अध्ययनको मुख्य खुड्किला पार गरेको बताए। केही विद्यार्थीहरू वर्षैको मेहनतपछि तिन महिने विदामा घुम्न, रमाउन, विभिन्न खेलहरूमा समय बिताउनुका साथै भविष्यमा के गर्ने भन्ने योजना बनाउने बताउँछन्। विराटनगरका विभिन्न स्थानमा परीक्षा केन्द्र तोकिएको थियो। विद्यार्थीहरूले अन्तिम दिनको परीक्षा सक्ना साथ आफ्नै विद्यालय फर्केर रमाइलो गरिरहेका थिए। सत्यनारायणमा परीक्षा केन्द्र परी परीक्षा सकेर आफ्नै विद्यालय आदर्शको परिसर पुगेर साथीहरू माझ रमाइलो गरिरहेकी मन्जिला घिमिरे भन्छिन्, "यो विदामा रमाइलोका साथै आगामी दिनमा लिने विषय बारे ब्रिजकोर्सको तयारी गर्ने छु।"

त्यसैगरी विद्यार्थी आर्या भट्टको अनुहारभरि अबिरले रङ्गिचङ्गि देखिएको थियो। उनलाई यसरी किन रङ अनुहारभरि लगाउनुभएको भनी प्रश्न गर्दा उनको जवाफ थियो, "होली यही परीक्षाले गर्दा खेल्न पाइएको थिएन त्यसैले हामीले आज रमाइलो गर्दै होली खेलेका हौँ। हाम्रो लागि आजै होली हो।"
अर्का एक विद्यार्थीले भने अब तिन महिनाको विदालाई सदुपयोग गर्दै विभिन्न सीप सिक्ने बताए।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2