विराटनगरमा खुल्ला व्यायाम प्रतियोगिता २०८१ सम्पन्न

<span class='c1'>विराटनगरमा खुल्ला व्यायाम</span> <span class='c2'>प्रतियोगिता २०८१ सम्पन्न</span>

विराटनगर। नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरद्वारा आयोजित चौथो कोशी प्रदेश खुल्ला व्यायाम प्रतियोगिता २०८१ शनिबार विराटनगरको शहिद रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ।

विराटनगर महानगरपालिकाको प्रवर्द्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजित उक्त प्रतियोगितामा १३० पुरुष र ३० महिला गरी कुल १६० जना खेलाडीहरूको सहभागिता रहेको थियो।

संस्थाका संस्थापक अध्यक्ष सुमन बन्जाराको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत विशिष्ट अतिथि र राष्ट्रिय युवा उद्यमी फोरम (NYEF) विराटनगरका संस्थापक अध्यक्ष सुकदेव कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगितामा पुरुष सर्किट विद्या तर्फको खेलमा आयुष नेम्वाङले प्रथम, मुकेश अगुवाले द्वितीय र एइनिस प्रधानले तृतीय स्थान हासिल गरे। महिला सर्किट विद्या तर्फको खेलमा महिमा यखा राईले प्रथम, सपना मगरले द्वितीय र भावना घिमिरेले तृतीय स्थान प्राप्त गरिन्। त्यसैगरी खुल्ला बार विद्या तर्फको खेलमा साहिल लिबाङ्गले प्रथम, सुशान्त नरसिंह राणाले द्वितीय र संजोक थापाले तृतीय स्थान हासिल गरे।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरको तर्फबाट मेडल र ट्रोफीका साथै प्रथम स्थान प्राप्त गर्नेलाई नगद रु. १५,०००, द्वितीय स्थान हासिल गर्नेलाई रु. ९,००० र तृतीय स्थान प्राप्त गर्नेलाई रु. ६,००० सहित विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2