विराटनगरमा आज र इटहरीमा भोलि एमजी एस ५ इभी गाडीको टेस्ट ड्राईभ

<span class='c1'>विराटनगरमा आज र इटहरीमा भोलि एमजी</span> <span class='c2'>एस ५ इभी गाडीको टेस्ट ड्राईभ</span>

विराटनगर । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले एमजी एस ५ इभी गाडीको टेस्ट ड्राईभ विराटनगरमा आज गराई रहेको छ।

एमजी मोटर्सको विराटनगरको बरगाछीमा रहेको सोरुममा गएर टेस्ट ड्राईभ गर्न सकिने कम्पनीले जनाएको छ। भोलि सोमबार इटहरीमा रहेको सोल्टी होटलको अगाडि टेस्ट ड्राईभ हुने छ। लोकप्रिय एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताका साथ आएको कम्पनीले जनाएको छ ।

एमजी एस ५ इभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन्। दुवै भेरियन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ।

डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्ने बताइएको छ।

४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ इभीको सुरूआती मूल्य क्रमशः ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रूपैयाँ रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ इभीको मूल्य ५४ लाख ९९ हजार रहेको छ।

शुद्ध इभी प्लेटफर्ममा निर्मित, एमजी एस ५ इभीको सेगमेन्टमा अग्रणी नवीनताहरू प्रस्तुत गर्दछ। यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउने कम्पनी बताउँछ।

यसमा रियर–व्हिल ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिंक सस्पेन्सन प्रणाली र उन्नत इन्जिनियरिङ प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्‍याउँछ। यी विशेषताहरूले एमजी एस ५ इभीलाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयुभी बनाएको छ। दिगोपनलाई प्राथमिकता दिँदै, एमजी मोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा तहल्का मच्चाएको छ। जसले उपभोक्ताहरूको मागलाई पूरा गर्ने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2