विराटनगरको अर्किड स्कुलबाट एसईइ दिईएको विद्यार्थीहरुको विदाई

<span class='c1'>विराटनगरको अर्किड स्कुलबाट एसईइ</span> <span class='c2'>दिईएको विद्यार्थीहरुको विदाई</span>

विराटनगर । विराटनगर १० मा रहेको अर्किड स्कुलबाट एसईइ दिईएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा विदाई गरेको छ ।

स्कुलले आज (आईतबार) विराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी यसपटक स्कुलबाट एसईइ दिने ३९ जना विद्यार्थीहरुलाई विदाई गरेको स्कुलका प्रिन्सपल सिएम श्रेष्ठले जानकारी दिनुभयो ।

बर्षभरी विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अवार्ड तथा पुरस्कार प्रदान गरिएको थियो । विदाई हुने विद्यार्थीहरुले कार्यक्रममा बर्षभरी आफुले पढेका तितामिठा अनुभवहरु समेत सुनाएका थिए । कार्यक्रमलाई अझ मनोरन्जन बनाउनको लागि विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए । विद्यार्थीहरुले कार्यक्रममा नृत्य प्रस्तुत गरी उपस्थित शिक्षकशिक्षिका तथा विद्यार्थी साथीहरु मनोरन्जन प्रदान गरेका थिए ।

विदाई भएर जाने विद्यार्थीहरुलाई स्कुलका प्रिन्सीपल सिएम श्रेष्ठले आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिए । अबको ३ महिनाको खाली समयमा विभिन्न शैक्षिक तथा सिपमुलक कोर्षहरु अध्ययन गरेर आफुलाई अब्बल बनाउन आग्रह गरे । कक्षा १० सम्मको शैक्षिक यात्रालाई स्कुलले साथ दिएको र आगामी शैक्षिक यात्राको लागि राम्रो कलेज रोजेर अध्ययन गर्न समेत प्रिन्सीपल श्रेष्ठले आग्रह गरे । कार्यक्रममा सस्थाका डाईरेक्टर तथा पुर्व प्रिन्सीपल दिपेश वास्तोला, डाईरेक्टर उमेश कार्की, भ्वाईस प्रिन्सीपल पिके कामत , ओम यादवले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलतको शुभकामना दिएका थिए । स्कुलका शिक्षक राकेश साहले संचालन गरेको कार्यक्रममा स्कुलका शिक्षकशिक्षीका तथा एसईइ दिने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2