विराटनगर । २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ ।
संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको हो ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भदौ १२ गते ऋषि पञ्चमी(महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्री भण्डारीका अनुसार २०८२ सालमा कोजाग्रत पूर्णिमाको दिनका लागि बिदा थप भएको हो ।