विराटनगर । विराटनगरमा सिटी सफारीमा छोडिएको एकलाख नगद, आईफोन १३ सहितका सामान चार दिनपछि सम्बन्धित धनीले फिर्ता पाएका छन् ।
गत चैत १६ गते विराटनगर १ भट्टाचौकबाट सिटी सफारीमा शनिमन्दिरसम्म आउने क्रममा छोडिएको ब्याग चारदिनपछि सुरक्षीत तवरबाट धनीले पाएका हुन् ।
विराटनगर ३ की सीता खड्काले सिटी सफारीमै आफ्नो ब्याग छोडिएको र त्यस भित्र एकलाख नगदसहित फोन समेत रहेको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी थिइन् ।
मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार प्रदेश १–०२००३ ह ६०९० नम्बरको सिटी सफारी धनी विराटनगर १ चालकको घरमा उक्त सामान फेला पारेर फिर्ता गरिएको हो ।