सक्षम गभर्नरको प्रतिक्षामा विराटनगरका उद्योगी

<span class='c1'>सक्षम गभर्नरको प्रतिक्षामा</span> <span class='c2'>विराटनगरका उद्योगी</span>

विराटनगर । विराटनगरका उद्योगीले अब नेपाल राष्ट्र बैंक सक्षम गभर्नरले नेतृत्व गर्न पाउने विश्वास व्यक्त गरेका छन् । सरकारले नेपाल राष्ट्र वैंकको नयाँ गभर्नर नियूक्तिको प्रकृया सुरु गरेको बेला उद्योग संगठन मोरङले अर्थतन्त्र बुझेको व्यक्ति नियुक्त हुने विश्वास व्यक्त गरेका हुन् ।
उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तिव्र वनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र वैंकले पाउने अपेक्षा लिएको जनाएको छ ।

विगत केही वर्ष देखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदाशिनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण, वित्तीय स्थिरता जस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियूक्ति गर्नुपर्नेमा संगठनले जोड दिएको छ ।
विगतमा राष्ट्र वैंकले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र प्रभावित भएको अनुभव भोगेको नीजि क्षेत्रले नया गभर्नर नियूक्ती गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यवासायीक विकासको गति तीव्र बनाउन र दीगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसंग बुझेको योग्य नेतृत्व आवश्यक रहेको संगठनले जनाएको छ ।

नेपाल राष्ट्र वैंक नेपाल सरकार कै आर्थिक सल्लाहकारका रुपमा रहने भएको हुदा अर्थतन्त्रको वर्तमान जटिल समस्याहरुलाई सम्वोधन गर्दै स्वदेशी उद्योगहरूलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन उद्योग व्यापारमैत्री नीति निर्माणको वतावरण वनाउन सक्षम, नेपालको मौद्रिक नीति र बैंकिङ प्रणालीलाई सुदृढ बनाई लगानी प्रवाह बढाउन सक्ने र आर्थिक वृद्धिको नया अवसरहरू सिर्जना गरी अर्थतन्त्रलाई एक स्थिर र सशक्त दिशा दिई जनताको आशा र विश्वासलाई नया उचाइमा पुर्याउन सक्ने नया सक्षम गभर्नर नियुक्त हुने अपेक्षा गरेको संगठनका अध्यक्ष राकेश सुरानाले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2