विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस विविध कार्यक्रम गरी मनाईयो

<span class='c1'>विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस</span> <span class='c2'>विविध कार्यक्रम गरी मनाईयो</span>

विराटनगर । विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।

बुधबार विराटनगरमा भएका अटिजिम केन्द्रहरुले पनि ‘अटिजम’ जागरुकता सम्बन्धि कार्यक्रम आयोजना गरी मनाएको हो ।

हरेक वर्ष स्नायु विविधताको उन्नति भन्ने नाराको साथ अटिजम भएका बालबालिकाहरुलाई साथ सहयोग प्रदान गर्न र उनीहरुको अवस्था बारे जनमानसमा सचेतना जगाउन मद्दत गर्ने उद्देश्यले यस दिन अटिजम’ जागरुकता दिवस मनाईने गरिन्छ । विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवका अनुसार ‘महानगर अटिजम सेवा केन्द्र’मा ‘अटिजम’ जागरुकता दिवसको अवसरमा अभिभावकहरुलाई यस सम्बन्धि थप जानकारी प्रदान गरीएको छ । साथै बालबालिकालाई थप मनोरन्जनका कार्यकमहरु समेत आयोजना गरिएको छ ।

यता विराटनगरमा भएका निजी अटिजम केन्द्रहरुले पनि यस्तै कार्यक्रम गरी मनाएका छन् । आयल निगमस्थित अनमोल अटिजम केन्द्रले पनि कार्यक्रम गरी मनाएको छ । यहाँ ७० बालबालिका अध्ययनरत छन् । महानगरमा निजि ३ अटिजम केन्द्र छन्। भने एउटा महानगरद्वारा संचालित अटिजम केन्द्र संचालनमा छन् । निजी तर्फ आयलनियम स्थित अनमोल अटिजम केयर सेन्टर, अटिजम केयर सोसाईटि र करुणा पुर्नस्थापना अटिजम केन्द्र संचालनमा छ । भने यता महानगरपालिकाले समेत हालै ‘महानगर अटिजम सेवा केन्द्र’ संचालनमा ल्याएको छ । यस केन्द्रमा २० बालबालिका अध्ययनरत छन् ।

अटिजम वा अटिजम स्पेक्ट्रम डिसअर्डर एक न्युरोडेभलपमेन्टल अवस्था हो जुन मस्तिष्कको विकासलाई प्रभावित गर्छ र सामाजिक अन्तरक्रिया, संचार र व्यवहारमा चुनौतीहरू सिर्जना गर्छ । यो साधारणतया बाल्यकालमा देखिन्छ र जीवनभर प्रभाव पार्दछ । आधुनिक वर्गीकरण अनुसार, अटिजम स्पेक्ट्रम डिसअर्डर तीन प्रकारका हुन्छन् । स्तर १ (सहयोग आवश्यक), स्तर २ उल्लेखनीय (सहयोग आवश्यक), र स्तर ३ (अत्यधिक सहयोग आवश्यक) । यस्ता बालबालिकाहरूको लागि विराटनगर महानगरपालिकाको यो पहल अभिभावकहरूका लागि ठूलो राहतको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2