चर्चित गायक अल्मोडा राना उप्रेती विराटनगरको ह्यासट्यागमा आउँदै

<span class='c1'>चर्चित गायक अल्मोडा राना</span> <span class='c2'>उप्रेती विराटनगरको ह्यासट्यागमा आउँदै</span>

विराटनगर। विगत ६ वर्ष अघि विराटनगरका केही साथीहरु मिलेर सुरु भएको ह्यासट्याग फुड एन्ड बार आगामी २०८१ चैत्र २९ गते शुक्रबार ६ वर्ष पूरा हुँदैछ।

उक्त अवसरमा "पानी पर्यो-असिना झर्यो", "कैले भेट्ने खै", "टिकटिक टिक लगायतका गीतका चर्चित गायक तथा रचनाकार अल्मोडा राना उप्रेती विशेष प्रस्तुति दिन आउने भएका छन्।

सो कार्यक्रमलाई गोरखा ब्रुअरीले मुख्य प्रायोजन गरेको छ। विभिन्न अफर तथा अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरू पनि समावेश गरी चैत्र २९ गतेदेखि सुरु भएर नयाँ वर्ष २०८२ को वैशाख १ गतेसम्म कार्यक्रम मनाइने भएको छ।

संचालक अभिनास थापाका अनुसार, विराटनगरमा थुप्रै नयाँ परिकार र साङ्गीतिक माहोलमा विकेन्ड तथा विभिन्न कार्यक्रमहरू गर्ने प्रचलन सुरु गरेको दाबी गर्नुभएको छ। यसअघि नविन के भट्टराई, मनोज गजुरेल, सन्दिप क्षेत्री, सविन राई, विपिन कार्की लगायतले प्रस्तुति तथा उपस्थिति जनाइसकेको जानकारी पनि दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2