एमालेलाई लाग्यो विराटनगर महानगर अधिवेशन

<span class='c1'>एमालेलाई लाग्यो विराटनगर</span> <span class='c2'>महानगर अधिवेशन</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन बैशाख २ र ३ गते हुने निश्चित भएपछि त्यसको तयारी थालिएको छ । महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशन तयारीको काम थालेको हो ।

वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले जानकारी दिएका छन् । उनका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । आर्थिक उपसमितिको संयोजकमा मनोज विक्रम साह र सहसंयोजकमा सी एम श्रेष्ठ रहेका छन् । प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति बनाइएको छ । राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ रहेका छन् ।

यस्तै सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ भने खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल रहेका छन् । बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिएका छन् । उनले प्रतिनिधि चयन पनि सबैको प्रतिनिधित्व हुने गरि व्यवस्था मिलाइएको बताएका छन् ।

उनका अनुसार भुगोलबाट हरेक १५ जना संगठित सदस्य बराबर १ जना हुनेगरि प्रतिनिधि चयन हुनेछन् । यस्तै ३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य रहेको छ । यस्तै कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2