विराटनगर । नेपालबाट भारततर्फ लैजादै गरेको ठूलो परिमाणमा मोरङ प्रहरीले गाँजा बरामद गरेको छ ।
मोरङको जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले एक हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, २७ वर्षीय उमेश कामतको घरबाट ३४ पोकामा गाँजा फेला परेको थियो। यी पोकाहरूमा १ हजार ८८ केजी गाँजा रहेको बताइएको छ। प्रहरीले कामतको घर नजिकै जहदा गाउँपालिका वडा नं ५ का ३३ वर्षीय अरबिन साहको घरबाट थप १५ केजी गाँजा बरामद गरेको छ।
दुवै व्यक्तिलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट यो गाँजा भारत तस्करी गर्न लागिएको पाइएको छ। पक्राउ परेका दुवै व्यक्तिलाई हाल मोरङ प्रहरी कार्यालयमा राखिएको छ।