इन्दु साह
विराटनगर । वर्षेनी विराटनगरमा गर्मी असहनीय हुने गरेको छ । पछिल्लो वर्ष पनि विराटनगरमा अत्याधिक गर्मी भएको थियो । प्रचण्ड गर्मीका कारण जनजीवन नै प्रभावित हुने गरको छ । तर, यस्तो समयमा नागरिकको साहारा बन्ने सार्वजानिक चौतारा र रुखका छहारी नाँसिदै गएका छन् ।
विराटनगरका विभिन्न स्थानमा भएका ठुला वृक्षले गर्मी छल्न नागरिकलाई छहारी प्रदान गर्ने गरेको छ । पछिल्लो समय महानगरका विभिन्न स्थानमा सडक विस्तारको कार्य भईरहेको छ । तर महानगरले सबै रुखलाई जोगाउन सकेन । रुख काटेर फलामका संरचना पनि कहिं त बनायो । कतिपय सडक सीमा भित्रका रुखलाई संरक्षण समेत गरेको छ ।
विएफएम चौकमा रहेको ठुलो पिपलको रुखलाई महानगरले संरक्षण गर्दै सडक विस्तारको कार्य सम्पन्न गरेको छ । विराटनगरस्थित संसारीमाई मन्दिर परिसरमा ठूलो रुख छ । उक्त स्थलमा रहेको चौतारीमा दैनिक नागरिकहरु विश्राम गर्ने गर्दछन् । उक्त वृक्षले दिएको छहारीले नागरिकलाई गर्मी छल्न निकै सहायता हुने गरेको छ । बजार सामाग्री खरीद गर्न आउनेदेखि विद्यालयका विद्यार्थीहरुले चौतारीको लाभ लिने गरेका छन् । विराटनगरका स्थानीयले रुखको छहारीको महत्व बुझेको भएर महानगरभरी विरुवा रोप्ने अभियान नै चलाएका छन् । एक वर्ष भित्रमै यहाँका स्थानियले विभिन्न प्रजातीको ८ हजार विरुवा रोपेका छन् ।
तिनपैनी चौक, पुरानो गुद्री, संखरपुर स्थित सोमवारे हाटमा बरपिपलको छहारीमा बस्नेहरु भेटिन्छन् । विराटनगरस्थित शौनिक टोलमा पनि पुरानो विशाल वृक्ष रहेको छ । यी स्थान लगायत अन्य स्थानमा पनि ठुलाठुला वृक्ष छन् जसले गर्मीमा छहारीको काम गरेको पाइन्छ ।
मुख्यगरी दैनिक रिक्सा, ठेलामा परिश्रम गर्नेहरु चौतारीको छाहरीमा थकान मेट्ने गर्दछन् । बढ्दो मर्गीमा यस्था रुखको निकै महत्व हुन्छ । त्यसैले पनि महानगरमा अझै यस्ता वृक्षको लागि विरुवा रोप्न आवश्यक छ तर बढ्दो शहरीकरणले चौतारीको स्थान मासिएको छ । स्थानिय निकायले यस विषयमा विशेष जोड दिदै चौतारी निमाणको योजना मनाउदा भविष्यमा यसले गर्मी छल्न छाहारी प्रदान गर्ने छ । वृक्षले दिने छहारीले सितलताका साथै स्वच्छ हावा र मनलाई शान्त बनाउछ ।