विराटनगरमा २५० युवा तरुण दल प्रवेश गरेको दावी

<span class='c1'>विराटनगरमा २५० युवा तरुण</span> <span class='c2'>दल प्रवेश गरेको दावी</span>

विराटनगर । पार्टीको क्षेत्रीय समितिमार्फत तरुण दलको सदस्यता बाँड्ने निर्णय गरेसँगै नेतृत्व आकांक्षीहरु सक्रिय भएका छन् । नयाँ नेतृत्वको तयारीमा रहेकाहरुले तरुण दलमा सदस्य बढाउने होड सुरु गरेका हुन् ।

यसैगरी क्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा २ सय ५० बढी युवाहरु प्रवेश गरेको दावी गरिएको छ । नेपाल काँग्रेस विराटनगर महानगर कमिटिले शनिबार आयोजना गरेको कार्यक्रममा युवाहरु तरुण दल प्रवेश गरेका हुन् । नेपाली कांग्रेसको क्षेत्रीय समिति मार्फतबाट तरुण दलको पूर्णकालिन बाँड्ने निर्णय गरे लगतै नगर, क्षेत्र र जिल्लामा चहलपहल सुरु भएको हो ।

तरुण दलको जिल्ला नेतृत्वमा कडा प्रतिस्पर्धा हुने चर्चा सरु भएसँगै विराटनगरका युवा नेता रिचार्ड गौतमको सक्रियतामा २ सय ५० बढी युवाहरु तरुण दल प्रवेश गरेका हुन् । नेपाली कांग्रेस विराटनगर समितिले आयोजना गरेको तरुण युवा प्रवेश कार्यक्रममा सागर घिमिरे, निकेश कामत लगायतको नेतृत्वमा युवा प्रवेशको बताइएको छ ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझीको प्रमुख आतिथ्यतामा युवा प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथि प्रदेश सांसद एवम् पूर्व मुख्य मन्त्री केदार कार्की, नेका सचिव मोदराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । नगर सभापति दीपक चापागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद एवम् पूर्व मुख्य मन्त्री केदार कार्कीले युवाहरुलाई राजनीतिक चेतनाको विकास गराउन र सामाजिक, राजनीतिक यात्रामा अघि बढ्न तरुण दलले सहयोग पुर्याउने अपेक्षा राखेका थिए । राजनीतिप्रति वितृष्णा बढिरहेको समयमा तरुण दलप्रति युवाहरुको आकर्षले आफू हर्षित भएको बताउँदै नेका नगर सभापति दिपक चापागाईंले युवाले स्वदेशमै अवसर पाउनुपर्छ भन्ने चाहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2