विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताउँदै यस्तो भए अर्थतन्त्रमा खेलाँची हुने बताएका छन् । उनले सरकारलाई अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार नभएको पनि सम्झाएका छन् ।
गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने सरकारका लागि दुर्भाग्य त हुन्छ नै, अथतन्त्रका लागि पनि दुर्भाग्य हुन्छ । डा. सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको काठमाडौंमा बिमोचन कार्यक्रममा कोइरालाले सरकार एकपछि अर्को खेलाँची गरिरहेको आरोप पनि लगाए ।
वर्तमान सरकारले सुशासनको प्रत्याभूति गर्न नसकेको बताउँदै उनले कांग्रेस र एमालेको सरकार बनाउँदा गरिएको परिकल्पना सत्ता सञ्चालन नभएर संविधान संशोधनको विषय रहेको सम्झाए । सरकार गठन हुँदा संविधान संशोधनको मुद्दा उल्लेख गरिए पनि त्यसप्रति प्रक्रिया अघि नबढेकोमा उनले रोष प्रकट गरेका थिए ।