ज्ञानेन्द्रबहादुर शाहीको चेतावनी “झूटा मुद्दा लगाए गणतन्त्रवादी नेताहरूको घर घेर्ने”

<span class='c1'>ज्ञानेन्द्रबहादुर शाहीको चेतावनी “झूटा मुद्दा</span> <span class='c2'>लगाए गणतन्त्रवादी नेताहरूको घर घेर्ने”</span>

काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् ।

राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए ।

‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे । १ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए,३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे’, उनले प्रश्न गर्दै भने ‘२५ वटा अस्पताल राजाले बनाए । यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’

शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2