विराटनगरका चार वडालाई जोड्दैछ नहर सडक, धमाधम निर्माण

<span class='c1'>विराटनगरका चार वडालाई जोड्दैछ</span> <span class='c2'>नहर सडक, धमाधम निर्माण</span>

इन्दु साह
विराटनगर । विराटनगरमा पछिल्लो समय सडक विस्तार र सडक मर्मतको कार्य निरन्तर रुपमा भईरहेको छ । यसै अन्तरगत महानगरपालिकाले सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखामा पर्ने नहरछेउमा समेत सडक विस्तारको कार्यलाई तिव्रता दिएको हो ।

विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ११ १२ र १३ लाई समेट्ने गरी नहर सडक निर्माण धमाधम गरिरहेको छ । यसको भौतिक प्रगति ६० प्रतिशत पुरा भएको छ । बहुवर्षिय योजना अन्तरगत विराटनगर ४ राजबंशी चौकदेखि पश्चिम नहरलाई वाईपास सडकको विराटनगर १३ सम्म निर्माणको काम धमाधम जारी रहेको छ । यो योजनालाई विराटनगर ११, १२ र १३ लाई गरी तीन खण्डमा कालोपत्र गर्ने कार्य अगाडी बढाईएको महानगरपालिकाका शहरी विकास तथा योजना महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले बताए ।

नहरको डिललाई कालोपत्रे गरेर साना सवारीसाधनका लागि बाइपास गराउनेदेखि बिहानै मर्निङवाकका लागि तयार पार्न लागिएको हो । २०८१ भदौ ६ गते ठेक्का सम्झौता भएको यो योजना ४.५ किलोमिटर दुरीको छ । यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । ४.५ किलोमिटर लम्बाईको उक्त सडको चौडाई ५ मिटर कालोपत्रे गरिने भएको छ । उक्त सडक छेउमा रहेका बोटविरुवा भने जोगाईने ईन्जिनियरको भनाई छ । नहरका छेउ किनारामा विभिन्न समुहहरुले वृक्षारोपण गरेका छन् । उक्त विरुवाहरुलाई नोक्सान नपुर्याई निर्माण कार्य गरिने भनाई छ ।

यो योजना सुरु भएदेखि नहर आसपासका स्थानीय समेत उत्साहित भएका छन् । दैनिक हिँडडुलमा मुख्य राजमार्गको सट्टा नहरछेको सडक प्रयोग गर्न पाउँदा सुरक्षित महसुश हुने उनीहरु बताउँछन् । महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागेको छ । ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको हो । विराटनगर–४ पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुनेछ । असार मसान्तसम्ममा योजना सम्पन्न हुने थापाको भनाई छ।

यता विराटनगर १६ दरैया वस्तीको सडक मर्मत समेत गरिएको छ । दरैया वस्तीको जिर्ण भएको सडकलाई मर्मत सम्भार कार्य अगाडि बढाइएको हो । रुटिन मेन्टेनेन्स अन्तर्गत यो कार्य भईरहेको छ । प्रस्तावित एडिबिको प्रोजेक्टमा दरैया वस्तीकोबाटो परेकोले महानगरले सडकको यथास्थितिमा टालटुल गर्ने कार्य अगाडि बढाईएको प्रमुख ईजिनियर थापाको भनाई छ । यो सडक मर्मतका लागि अनुमानित रकम २५ लाख ५० हजार बजेट राखिएको छ । निर्माण व्यवसायी ओम शक्ति निर्माण सेवाले मर्मत सम्भारको टेन्डर पारेको हो । साथै मर्मत भईरहेको सडकबाट अगाडि बाकीरहेको सडक पनि मर्मतकालागि टेन्डर लागिसकेको ईन्जिनियर थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2