विराटनगरका उद्योगीले बुझाए अर्थमन्त्रीलाई बजेट सुझाव

<span class='c1'>विराटनगरका उद्योगीले बुझाए</span> <span class='c2'>अर्थमन्त्रीलाई बजेट सुझाव</span>

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले आगामी आर्थिक वर्षको बजेट औद्योगिक वातावरणलाई विश्वासयोग्य बनाउन सक्ने ल्याईदिन माग गरेका छन् । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै उद्योगीहरुले लिखित सुझाव दिएका हुन् ।

अर्थमन्त्री पौडेलसँग उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहित टोलिले भेटघाट गरेको हो । त्यसक्रममा उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्नसक्ने बजेटका प्रावधान राखिदिन अनुरोध गरिएको हो ।

उद्योग व्यवसाय क्षेत्रले अहिले पनि ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रशारण लाईन जस्ता पूर्वाधारमा लगानी विस्तार गर्न, जलाशययुक्त आयोजनालाई सम्पूर्ण लगानी फोकस गर्न अनुरोध गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई राज्यले भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदान जस्ता रकमहरुमा विलम्व हुने गरेको भन्दै नीतिगत स्थिरता कायम गराउन पहल गरिदिन आग्रह गरिएको बताउनुभयो ।

यसैगरी विराटनगरमा कार्गोरेल सञ्चालनका लागि हेण्डलिङ शुल्कको मूल्य परिमार्जन गरेर सञ्चालनमा ल्याउन समेत लिखित सुझावमा उल्लेख गरिएको छ । कुल व्यापार लागतमा लजिष्टक खर्च ३० प्रतिशतभन्दा बढि रहेको जानकारी गराउँदै अर्थमन्त्रीलाई हामीले भन्यौं–कोशी प्रदेशकै गेम चेञ्जरको रुपमा रहेको विराटनगर कार्गो रेलको हेण्डलिङ शुल्क नेपाल सरकारले परिमार्जन गर्नसक्छ । यसैगरी उद्योगको कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दरको फरक कुनैमा ३ तह र कुनैमा एक तहको मात्रै रहेको जानकारी दिदैं यसलाई समान बनाउन समेत सुझावमा उल्लेख गरिएको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आय कर ऐन २०५८ को दफा ५७ लाई समायानुकुल संशोधन गरि आर्थिक संकटमा परेका लघु घरेलु तथा साना र मझौला उद्योगहरुमा पूँजी थप गर्ने वातावरण सिर्जना गरिदिन अनुरोध गर्नु भएको थियो । उहाँले स्र्टाटअपमा प्रतिव्यवसाय १ लाखसम्म बीउ पूँजी अनुदान स्वरुप उपलब्ध गराउदा आयकरमा छुट दिने व्यवस्था कायम अनुरोध गर्नु भएको थियो ।
प्रतिनिधि मण्डलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनिल सारडाको सहभागिता रहको जानकारी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2