विराटनगरमा तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता भोलीबाट

<span class='c1'>विराटनगरमा तेस्रो प्रादेशिक बहिरा क्रिकेट</span> <span class='c2'>टि २० प्रतियोगिता भोलीबाट</span>

विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ । राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा झापा, सुनसरी, मोरङ र आयोजक राष्ट्रिय बहिरा क्रिकेट संघ गरी चार टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेता टिमले नगद ९० हजार रुपैयाँ र उपविजेता टिमले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। । यस प्रतियोगिताले बहिरा समुदायका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ।
पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले प्रतियोगिताको उद्देश्य बहिरा समुदायमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउने रहेको बताए। यसले बहिरा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्षम बनाउने उनको भनाई छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2