विराटनगर । विराटनगरका एक व्यक्ति काठमाडौं महानगरपालिका-३१ शंखमूलमा मृत फेला परेका छन् ।
विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल कोठामा मृत परेका हुन् ।
उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।