एसइई दिएर बसेका विद्यार्थीका लागि नि:शुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्दै विराटनगरको एभरेष्ट स्कुल

<span class='c1'>एसइई दिएर बसेका विद्यार्थीका लागि नि:शुल्क ब्रिज</span> <span class='c2'>कोर्षको कक्षा सञ्चालन गर्दै विराटनगरको एभरेष्ट स्कुल</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ ।

आगामी वैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसइई दिएका करिब तीन सय विद्यार्थीलाई नि:शुल्क .कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

उहाँका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न कृयाकलापसमेत गराइनेछ । एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् । 'यो ब्रिज कोर्षले विद्यार्थीहरुलाई अबको अध्ययन कसरी अघि बढाउने भन्ने बिषयमा मात्र उत्प्रेरणा जगाँउदैन’ प्रिन्सिपल पुरीले भन्नुभयो,‘यसले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गर्छ ।’ यस्तै उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्धयन गरि शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास ब्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2