एमाले विराटनगर अधिवेशन : क्यासिनोका बाउन्सर स्वयम् सेवक, उनीहरुको आडमा ढकालमाथि अपमान

<span class='c1'>एमाले विराटनगर अधिवेशन : क्यासिनोका बाउन्सर</span> <span class='c2'>स्वयम् सेवक, उनीहरुको आडमा ढकालमाथि अपमान</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भईरहँदा रातो ज्याकेट लगाएर मोटाघाटा युवाहरु उभिरहेका थिए । कभरमा नेकपा एमाले लेखिएको ज्याकेट पहिरिएका उनीहरुको भित्री टिसर्टमा देखिन्थ्यो च्याम्पियन जोन प्रा.लि. बाउन्सर । यो विराटनगरको होटल बिगस्थित क्यासिनो हो ।

अधिवेशनमा कोशी प्रदेशका इन्चार्ज शेरधन राई, सार्वजानिक लेखा समितिका सभापति तथा पूर्व अध्यक्ष ऋषिकेश पोखरेल, जिल्ला इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, केन्द्रीय सल्लाहाकार बिनोद ढकाल र जिल्लाका अध्यक्ष अजम्बर राई अगाडीको लाइनमा आसन ग्रहण गरेका थिए ।


मञ्चको अग्रभागमा थिए क्यासिनोका बाउन्सर अर्थात् अधिवेशनका लागि खटिएका स्वयम् सेवक । परिस्थिति बारे अगाडी बसेका कार्यकर्ता छलफल गरिरहेका थिए । त्यतिकैमा नेकपा एमाले महानगरपालिकाका इन्चार्ज पर्शुराम बस्नेतले केन्द्रीय सल्लाहार बिनोद ढकाललाई अवैधानिक नेता भनेर घोषणा गरिदिएका थिए ।

एक कार्यकर्ताका अनुसार बस्नेतले पूर्व स्वभावको संस्करण एमाले विराटनगरको अधिवेशनको उद्घाटनमा देखाएका हुन् । बस्नेतले ढकाललाई अपमान गरेपछि ढकाल मञ्चबाट माला खोलेर तल कार्यकर्ताका बीचमा आएका थिए । त्यसपछि कार्यकर्ताले बस्नेतलाई के सिकाएको ? भन्ने प्रश्न समेत गरेका थिए ।
त्यसमध्ये विराटनगर–५ का वडा अध्यक्ष राजेश गिरीले बस्नेतलाई भने–के सिकाउन खोजेको ? पछि नेता हुँदा हामीले पनि गर्नुपर्ने यहि होला हैन । यसो भनेपछि बस्नेत बोल्न सकेनन् । तर, ढकालमाथि अपमान गरेपछि कार्यकर्ताले बस्नेतको पुरानो शैली हावी हुन थालेको भन्दै आलोचनालाई तिव्र बनाएका छन् ।

ढकाललाई अपमान गरेपछि उनी अहिले तलका कार्यकर्तासँग परामर्शमा छन् । अधिवेशनको उद्घाटन समापनपछि प्रदेश इन्चार्ज शेरधन राईले सर्वसम्मत नेतृत्व चयन गराउने भन्दै छलफल राखेका छन् । त्यसमा ढकाल पक्षबाट मोरङका उपाध्यक्ष सागर थापा छन् । तर, बाहिरको माहौल भने मोरङ जिल्लाको १० औं अधिवेशनको झल्को दिने स्थितिमा रुपान्तरण भएको छ ।
ढकालले बाहिरको चिया पसलमा कार्यकर्तासँग गफ गर्दै भने–मोरङमा अजम्बरको नेतृत्व बलियो बनाउने हो, प्रदेशमा घनश्याम खतिवडाको र केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व बलियो बनाउने भूमिका हाम्रो हुनपर्छ । उनी भन्दा उनीमाथि अपमान भएपछि कार्यकर्ता बढी रुष्ट देखिदैं भन्दै थिए–होटलमा मासु भात खाँदै उनीहरुले उमेदवारी घोषणा गरेपछि सहमतिको वातावरण सिद्धियो । यदि उद्घाटनसम्म उमेदवार फाइनल नगरेको भए सहमतिका लागि पहिलो प्रयास गर्ने ठाउँ रहन्थ्यो ।

ऋधिवेशनमा १९ वडाबाट २२० जना, जनसंगठनबाट ७९ जना प्रतिनिधि चयन भएका छन् । १५ जना प्रतिनिधि मनोनित हुनेछन् । १०१ जनाको महानगर कमिटि निर्वाचित गर्ने अधिवेशनमा बाउन्सरलाई लाइन लगाएर पार्टी कार्यालयमा दादागिरी मच्चाउन खोजिएपछि स्थितिमा बदलाभ आएको छ । जनसंगठनबाट ७९ जना प्रतिनिधि आएका छन् भन्ने अनि स्वयम् सेवक चाँहि बाउन्स राख्नुपर्ने अवस्था भनेकै गुण्डागर्दी शैलीमा पार्टीमाथि हावी हुने शैली हो, एक कार्यकर्ताले भने–यो अवस्था बदल्न नसक्ने हो भने एमालेलाई धक्का लाग्नेछ ।

एमाले महानगरपालिकाका दोस्रो अधिवेशनका लागि संस्थापन पक्षको नाममा रोहित कोइरालाको नेतृत्वमा राम पोखरेल, नवराज काफ्ले, चन्द्रशेखर विश्वास र कला डाँगी पदाधिकारीमा प्रतिस्पर्धा गर्न घोषणा गरिएका छन् । यस्तै ढकाल पक्षमा बलराम गिरी (नविन) नेतृत्वमा सुरज न्यौपाने, विज्ञान चापागाँई, हामिद आजाद, हिमा मैनाली पोखरेल पदाधिकारीका उमेदवार छन् । संस्थापन पक्षको नाममा कोइरालाको प्यानल घोषणा गरेको भोलिपल्ट मात्रै ढकाल पक्षको उमेदवार घोषणा गरिएको थियो ।
‘हामीलाई उमेदवार घोषणा गरेर नजाने निर्देशन हाम्रो नेता ढकालले दिनुभएको थियो, तर उताबाट बाइपास गर्ने नियतसहित घोषणा गरिसकेपछि हामी पनि घोषणा गरेर मैदानमा आयौं’ ढकाल पक्षीय एक कार्यकर्ताले भने–सधैं अपमान गर्दै आए, जिल्लामा नतिजा देखिसकेका छन्, अब महानगरपालिमा समेत हामीले डट्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2