कोशी पर्यटन वर्षसँगै विराटनगरमा आगामी बैशाख १८ र १९ गते लगानी सम्मेलनको तयारी

<span class='c1'>कोशी पर्यटन वर्षसँगै विराटनगरमा आगामी बैशाख १८</span> <span class='c2'>र १९ गते लगानी सम्मेलनको तयारी</span>

विराटनगर । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिता बढाउन आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनका बारेमा बुधबार औपचारिक रुपमा जानकारी दिइएको छ ।

यसअघि गत माघमा गर्ने तय भएको लगानी सम्मेलन तयारी पुरा नभएको भन्दै स्थगन गरिएको थियो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा बुधबार पत्रकार सम्मेलन गरी आयोजकले सम्मेलनको तयारीलाई तीव्रता दिएको जानकारी दिएको छ। सम्मेलनलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग समन्वय भइरहेको सचिवालयका सदस्य सचिव पवनकुमार तिम्सिनाले जानकारी दिएका छन्।

पर्यटन वर्ष २०८२ जारी छ । कोशी प्रदेशमा पर्यटन वर्षलाई लक्षित गरेर लगानीमैत्री अवसरका लागि सम्मेलन समेत आयोजना गर्न लागिएको हो । सम्मेलनमा संघीय सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, नीति निर्माणकर्ता र उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ।

कृषिजन्य उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य सेवा, शिक्षा, वन तथा जलस्रोत, र उत्पादनमूलक उद्योग सम्मेलनका प्रमुख प्राथमिकतामा पर्ने बताइएको छ । प्रदेशमा सीमित स्रोतसाधनको अधिकतम उपयोग गरी दिगो विकासलाई आधार बनाउँदै रोजगारी सिर्जना गर्ने उद्देश्य लिएको प्रदेश सरकारले पहिलोपटक यस्तो उच्चस्तरीय लगानी सम्मेलन गर्न लागेको हो।

सम्मेलनमा तीन तहका सहभागी हुनेछन् जानकारी दिइएको छ । नीति निर्माण तहका व्यक्तित्वहरू, निजी क्षेत्रका प्रतिष्ठित प्रतिनिधिहरू, र लगानीका खोजीमा रहेका संस्थाहरू । सम्मेलनका अवसरमा विभिन्न परियोजनाहरू प्रस्तुत गरिनेछ भने ५० भन्दा बढी परियोजना सोधभर्ना हुने सरकारले जनाएको छ।

कोशी प्रदेशको भौगोलिक र आर्थिक विशेषता, सुगम पहुँच, दक्ष जनशक्ति र उद्यमशीलताको मौकालाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारद्वारा लिइएको यो अग्रसरता प्रदेशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण हुने बताइएको छ ।
लगानी सम्मेलनमा आठ वटा क्षेत्रका करिब ५४ वटा परियोजना सोकेसिड हुने जनाईएको छ । सम्मेलनमा लगानीकर्ताले झन्डै डेढ खर्बको परियोजनामा एमओयु हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2