विराटनगरका दुईहजार चारसय घरको ढल पुग्न थाल्यो ट्रिटमेन्ट प्लान्टमा

<span class='c1'>विराटनगरका दुईहजार चारसय घरको ढल</span> <span class='c2'>पुग्न थाल्यो ट्रिटमेन्ट प्लान्टमा</span>

इन्दु साह
विराटनगर । विराटनगरका दुईहजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल ट्रिटमेन्ट प्लान्टसम्म पुग्न थालेको छ । प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र विराटनगर–१४ स्थित जतुवाका सिंघीया खोला किनारमा छ । उक्त केन्द्रसम्म महानगरपालिकाका दुई हजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल प्रणालीमा जोडिएको हो ।

यसले नगरको फोहोर पानी तथा ढल व्यवस्थापनमा केहि सहजता ल्याएको दावी गरिएको छ । विराटनगर–१४ स्थित सिंघिया खोला नजिक प्रशोधन केन्द्र निर्माण गरिएको क्षेत्रमा महानगरपालिका भित्रका चार हजार संंख्याका घरको फोहोर पानी तथा ढल पुर्‍याउने लक्ष्य राखिएको थियो । फोहार पानी तथा ढल प्रशोधन केन्द्रका सुपरभाईजर पुरुषोत्तम लामिछानेका अनुसार विराटनगर ६, ७, ८, ९, १०, ११, १४ वडाका घरहरु ढल प्रणालीमा जडान भएका छन् ।

ढल प्रणाली विस्तार भएको तर प्राविधिक रुपमा यसमा जोडिने नसकेका घरबाट सक्सन मेशिनद्वारा सेवा प्रदान गरिदैं आएको लामिछानेले जानकारी दिए । फोहोर पानी तथा ढल प्रशोधन केन्द्रसंग ४ हजार लिटर र ९ हजार लिटर गरी दुई सक्सन मेशिन रहेका छन् । सानो मेसीन प्रयोग गरेको प्रतिटिप २५ सय शुल्क लाग्छ । भने ठुलो ९ हजार लिटरको मेसीन प्रयोग गरेको प्रतिटिप ९ हजार शुल्क लाग्छ ।
सुपरभाईजर लामिछमनेका अनुसार पहिलो चरणमा जस्तो नागरिकलाई ढल प्रणालीमा हज जडान गर्न अलमल छैन । पहिलो चरणमा नागरिकले यो योजना सफल हुने होकी होईन भनी आशंका गरेपनि अहिले क्रमशः यसमा जोडिदै गएका छन् ।

फोहोर पानी तथा ढल व्यवस्थापनका लागि महानगरपालिकाले आर्थिक ऐन २०८१ मा उल्लेख गरे बमोजिम नै सेवा शुल्क लाग्ने गरेको छ । उक्त एेनमा प्राकृतिक व्यक्तिको घर, संस्थागत तथा गैर सरकारी, रेस्टुरेन्टहरु, अस्पताल, होस्टल तथा छात्राबास, निजी शैक्षिक संस्थाहरुका लागि स्क्वायरफिटका आधारमा फरक सेवा शुल्क उल्लेख गरिएको छ ।

प्राकृतिक व्यक्तिको घर स्क्वायरफिटका अनुसार ५० रुपैया देखि ३५० रुपैयाँसम्म रहेको छ । संस्थागत तथा गैर सरकारी संथाहरुको ५ सय देखि २५ सयसम्म रहेको छ। भने रेष्टुरेन्टहरुले प्रयोग गर्ने भवनको ६०० देखी १० हजारसम्म शुल्क तोकिएको छ । यता अस्पतालहरुले प्रयोग गर्ने भवनको ६ सय देखि १० हजारसम, होस्टल तथा छात्राबासहरुले प्रयोग गर्ने भवन १५ सय देखि १० हजार र निजी शैक्षिक संस्थाहरुको प्रयोग गर्ने भवनको १५ सय देखि १० हजार सेवा शुल्क तोकिएको छ ।

मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ३ अर्ब २७ करोड ८१ लख ४० हजार लागतमा ३६ किलोमिटर नाला, ६३ किलोमिटर ढल, ४० दशमलव ८५३ किलोमिटर सडक र ढल तथा फोहोर पानी प्रशोधन केन्द्रको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनी सिटिसिइ–कालिका जेभि काठमाडौंले २ अर्ब ३९ करोडमा ठेक्का सम्झौतामा लिएको थियो । सन् २०१३ डिसेम्बर २ मा ९ सय दिनभित्र सक्नेगरि सन् २०१७ मे २७ तारेखसम्मको म्याद भएपनि महानगरले छ पटकसम्म म्याद थप गरेर सन् २०१८ डिसेम्बर १५ सम्म सम्झौता लम्ब्याएको थियो । निर्माण कम्पनिले ३ अर्ब १३ करोड रुपिँया भुक्तानी महानगरबाट लिएको छ ।

महानगरले साढे १३ बिघा जग्गा खरिद गरेर विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो । अत्याधुनिक भनिएको प्रशोधन केन्द्रमा मानिसको मलमुत्रलाई ठोस र तरल रुपमा विभाजन गरिन्छ । पानीलाई प्राकृतिक रुपमा शुद्ध पारेर सिंघिया खोलामा मिसाइने प्रवन्ध गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्