विराटनगरमा भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु

<span class='c1'>विराटनगरमा भौगोलिक सूचना प्रणाली</span> <span class='c2'>(जीआईएस) सम्बन्धी तालिम सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ ।

विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा आयोजित समारोहमा तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला र प्रमुख प्रशिक्षक इन्जिनियर अशोक ठकुल्लाले संयुक्त रुपमा ड्रोन उडाएर तालिमको उद्घाटन गर्नुभयो । विकेभिएम स्कुलका प्राचार्य रविन दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विपदको समयमा विराटनगर महानगरपालिकाका विभिन्न स्थान जोखिममा पर्ने र उचित प्रविधि र प्राविधिक जनशक्तिको अभावमा महानगरपालिकाले चाहेर पनि विपद व्यवस्थापनमा तीव्रता लिन नसकेको बताउनुभयो ।

तीनदिने तालिममा विद्यार्थीहरुले जीआईएसको प्रयोग गरी विपद व्यवस्थापनमा टेवा पुर्‍याउन सक्ने सक्षम युवा जनशक्ति विराटनगरले पाउँछ भन्ने आशा व्यक्त गर्दै समितिलाई धन्यवाद दिनुभयो । प्राचार्य दाहालले जीआईएस र एआईजस्ता विषय महानगरको स्थानीय पाठ्यक्रममा पनि समावेश गरिएमा मात्रै आधुनिक शिक्षा क्षेत्रमा सुदृढीकरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक ई. अशोक ठकुल्लाले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभयो । कार्यक्रम ३० जना सहभागी लक्षित थियो भने दोब्बर आवेदन प्राप्त भएको र विद्यार्थी छनोट गर्न निकै समस्या भएको समितिका सदस्य ओशन शर्मा कट्टेलले बताउनुभयो ।

कार्यक्रममा समितिका सदस्य उदिप पोखरेल, प्रितम साह, दर्शन पौडेल लगायतले तालिम निकै उपलब्धिमूलक हुने बताउनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्