विराटनगरमा चाम्लिङ एवं बायुङ भाषा तथा साकेला नाच सम्बन्धी एक महिने तालिम सुरु

<span class='c1'>विराटनगरमा चाम्लिङ एवं बायुङ भाषा तथा साकेला</span> <span class='c2'>नाच सम्बन्धी एक महिने तालिम सुरु</span>

विराटनगर । विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ एवं बाहिङ (बायुङ) हरुको भाषा तथा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।

किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजना तथा कोशी प्रदेशाको सहयोग र विराटनगर महागरपालीकाको समन्वयमा मंगलबारबाट एक महिने तालिम सुरु भएको हो । किराँत राई समुदायको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले ‘चाम्लिङ एवं बाहिङ (बायुङ) भाषा तथा साकेला सिली नाचको तालिम सुरु गरिएको नगर अध्यक्ष विष्णु राईले जानकारी दिनुभयो ।


किरात राई समुदायको ३२ भाषा मध्ये ती भाषाको अध्ययन–अध्यापन तथा साकेला सिली तालिमको उद्‌घाटन विराटनगर महानगरपालीकाका मेयर नागेश कोईरालाले गरेका थिए ।
उद्धघाटन पछि मेयर कोईरालाले भाषा र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै आफ्नो संस्कृति बिर्सिंदै गएकोमा चिन्ता व्यक्त गरे । सबै जातजातिको भाषा, लिपी, संस्कार, संस्कृति संरक्षणमा स्थानीय सरकार सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।


चाम्लिङ भाषाका लागि जीतमान राई र कालभान राई, बाहिङ भाषाका लागि प्रताप बाहिङ र राजवीर बाहिङले प्रशिक्षण दिने छन् भने साकेला सिली नाचको मनिता राई र सनम राईले सिकाउने भएका छन् । कार्यक्रममा विभिन्न जातिय महानगर भित्रका जातिय संघस्थाका अध्यक्षहरुले एक महिने तालिमको प्रभावकारी रहेको भन्दै सफलताको शुभकामाना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्