विराटनगरका साप्ताहिक हटिया, सार्वजानिक स्थान उपलब्ध नगराउँदा सडकमा जाम

<span class='c1'>विराटनगरका साप्ताहिक हटिया, सार्वजानिक स्थान</span> <span class='c2'>उपलब्ध नगराउँदा सडकमा जाम</span>

इन्दु साह
विराटनगर । विराटनगरमा लाग्ने साप्ताहिक हाटले शहरका सडकमा कब्जा जमाउँछन् । महानगरका २७ स्थानमा लाग्ने यस्ता हटिया अधिकाशं सडकमै लाग्छन् । यो क्रम वर्षौदेखि छ । सडक साँघुरो हुँदा होस् फराकिलो हुँदा हटियाले गर्ने जामको रुप भने उहि छ । फुटपाथका हटिया विस्तारै सडकका केन्द्रभागतर्फ विस्तार हुँदैछन् । किनमेल गर्नेको भीडले खचाखच हुँदा सवारी आवागमन अवरोध हुन्छ । तर, पनि महानगरपालिकाले खुल्ला र सार्वजानिक स्थानमा हटियाको स्तान्तरण गर्ने योजना अगाडी बढाउन नसकेको हो ।

दैनिक जस्तो कुनै न कुनै स्थानका सडकमा हटिया हुन्छ । महानगरपालिकाले यसरी लाग्ने हटिया व्यवस्थापन गर्न सार्वजानिकस्थल उपलब्ध गराउनु भन्दा सडकमै हटिया सञ्चालनको अनुमति लिएको छ । विराटनगरका १९ वडामा २७ हटिया यसरी नै अस्तव्यस्त ढंगबाट लाग्ने गर्दछन् । त्यस वापत महानगरपालिकाले केहि कर संलग्न त गर्छ तर सडकको मर्मलाई न्याय भने गर्दैन ।

महानगरका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार तोकेको स्थानमा हटिया लाग्नेगरेको छ । हरियो तरकारीदेखि लत्ताकपडा, नुन–भुटुन, मसलासम्म यहिं बिक्री हुन्छ । हटियामा बिक्री भएका माछाहरुबाट निस्कने फोहोर पानी हटियामै फ्याक्ने गर्दछन् । तर, नगर प्रहरी निरीक्षक पौडेलले हटियामा सवारी अवरोध भए खुलाएर सहजीकरण गर्ने गरेको बताए ।

हटिया तोकेको स्थानमा शौचालयको समेत अनिवार्य रुपमा व्यवस्थापन हुनुपर्ने हो । खाली सार्वजानिक स्थलमा हटियालाई व्यवस्थापन गर्न नसक्दा सिमित स्थान बाहेक शौचालय पनि प्रायः हटियामा देखिदैन ।

महानगरले तोकेको स्थानमा लाग्ने हटियाबाट बहाल विटौरि संकलर्ने ठेक्का नेपाल फुलवारी वेष्ट थ्रि आर पोलुसन कन्टेल सर्भिस प्रा.लि ले लिएको छ । २७ स्थानमा लाग्ने हटियाको सरसफाईको जिम्मेवारी समेत सोहि कम्पनीले लिएको हो । यस कम्पीका प्रमुख उमेश कटुवालका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा हटियाबाट १८ देखी २० उठ्ने गरेको छ । महानगरपालिका राजस्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार यस कम्पनिीले हटियाबाट संकलन गरेको बहाल विटोलीबाट १५ लाख वार्षिक रुपमा राजस्व बुझाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्