युवा बन्यो लोकतन्त्र, दलका नेता राजा बन्न छोड्नुपर्छ

<span class='c1'>युवा बन्यो लोकतन्त्र, दलका</span> <span class='c2'>नेता राजा बन्न छोड्नुपर्छ</span>

ठ्याक्कै १९ वर्ष अगाडी २०६३ बैशाख ११ गते स्थापना भएको लोकतन्त्र लक्का युवा बनेको छ । दशवर्षे जनयुद्धको राजनीतिक कार्ययोजना अन्तर्गत २०६२/०६२ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । आन्दोलनकै आधारका रुपमा अन्तरिम संविधान, संविधानसभा निर्वाचनबाट नेपालको संविधान, राज्यपुर्नसंरचनासहित संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका हौं । २५० वर्ष लामो शाह वंशको राजतन्त्रात्मक शासन प्रणाली अन्तर्गत अन्तिम राजाको रुपमा ज्ञानेन्द्र शाहले राज्यशक्तिको स्रोत नेपाली जनतालाई सुम्पेपछि देशको शासन व्यवस्थामा नागरिकबाट चुनिएका प्रतिनिधिहरु नै प्रमुख जिम्मेवार रहँदै आएका छन् ।

राज्यशक्तिको स्रोत र सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा फर्काएको दिन बैशाख ११ गते नेपाली नागरिकका लागि महत्वपूर्ण अवसरको दिन हो । नेपाली राजनीतिक दलहरुका लागि यो आफूलाई अब्बल बनाउने अवसर सिर्जना गर्ने दिन थियो । जनभावना एवं आन्दोलनका बलमा स्थापीत लोकतन्त्र नागरिकका लागि सिर्जित शासन व्यवस्था हो । जनताले जनताकै लागि स्थापीत लोकतन्त्र १९ वर्षमा प्रवेश गर्दा यसको आधार अगाडी बढ्नेसक्ने स्पष्ट देखिन्छ । कहिंकतै राजनीतिक दलहरुले लोकतन्त्रलाई डोहो¥याउने अभिभावकत्व लिन चुकेका कारण यता की उता हुनु स्वभाविक नै छ । राजतन्त्र फ्याँकिएपछिका दलहरुमा राजतन्त्र हुँदाको मानसिकता र अवशेष भने अहिले पनि देखिन्छ । त्यहि मानसिकताले गर्दा लोकतन्त्रको मर्म अनुसारको शासन व्यवस्थाको सुधारमा कमजोर मनस्थिति हावी हुने गरेको छ । दल र दलका नेतामा मैमत्ता प्रवृत्तिले लोकतन्त्रमा आसा राखेका नागरिक दोबाटोमा उभिने की झैं भएका छन् ।

लोकतन्त्रको भविष्य राजनीतिक दलका हातमा छ । जनताले असक्षम बनाएर सडकबाट मिल्काएको राजतन्त्र फेरी फर्कने भन्ने सपना कमजोर छ । यद्यपी सपना कमजोर भएपनि कहिले काँहि त्यो सावित हुन पनि सक्छ । त्यसको कारण हो, दैनिकी व्यवस्थापनमा हाम्रो कर्म । अर्थात लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरुले नागरिकप्रति राख्ने चासो र सेवा प्रवाहका कामले धेरै कुराको निर्धारण गर्दछ ।

राजनीतिक दलका नेता राजाविहीन देशका राजा बन्न खोज्ने प्रवृत्ति उतिकै होडमा देखिएका कारण नै अहिलेको स्थितिमा केहि न केहि उथलपुथलका संकेत देखिएका छन् । नागरिकप्रति जिम्मेवार हुने शैली सरकार बाहिर हुँदा जति देखिन्छ, सरकारमा हुँदा त्यति कसैले देखाउन सकेका छैनन् । अझै सामन्ती मनोवृत्ति हावी गराउन लोकतन्त्रको उच्चतम अभ्यास मानिने निर्वाचन प्रणालीलाई विकृत बनाउन दलहरु क्रियाशिल देखिन्छन् ।

दलहरुले जनतामा व्याप्त चरम निराशा हटाउने योजना सार्नुपर्छ । जनस्तरमा लोकतन्त्रको अपनत्व बढाउन सेवाप्रवाहमा ध्यान दिनुपर्छ । दलहरुको कमजोरीका कारण व्यवस्थामाथिको प्रहारलाई रोक्नसक्ने खुबी दलहरुले नै निर्माण गर्नुपर्छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा छ भन्ने कुरालाई ख्याल दलहरुले नै दिनुपर्छ । यसको कार्यन्वयनमा दलहरु गम्भीर बन्नुपर्ने हुन्छ । निहित सत्ताको स्वार्थले दलहरुमा लोकतन्त्रको कमजोर अभ्यास भईरहेको छ । त्यसलाई दलहरुले करेक्सन गर्नुपर्छ । अनि मात्रै लोकतन्त्र स्थापनाको मर्मलाई छुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्