आमाको मुख हेर्ने पैसा पर्खदाँ आधा दिन रुखको छहारीमा

<span class='c1'>आमाको मुख हेर्ने पैसा पर्खदाँ</span> <span class='c2'>आधा दिन रुखको छहारीमा</span>

इन्दु साह
विराटनगर । विराटनगर–६ ब्रम्हपुरा निवासी कल्पना कामत आइतबार नेपाल बिद्युत प्राधिकरण अगाडी रुखको छहारीमा शिलत लिईरहेकी थिइन् । उनीसँगै छिन् १० वर्षीया उनकी छोरी । संयोगले आमाको मुख हेर्ने दिन आमाछोरी छहारीमा बसेर काम गरेको तनखा पर्खिरहेका हुन् ।

आमाको मुख हेर्ने दिन कल्पनालाई पनि माइत पुग्ने ईच्छा छ । तर, उनलाई त्यहाँसम्म पुग्ने खर्च छैन । सरसफाईको काम गर्दै आएकी उनी प्राधिकरण नजिकै रहेको हार्डवेयरमा काम गर्छिन् । त्यहि पैसा लिएर उनी घर फर्किने र आमा भएको ठाउँमा पुग्ने सोचिरहेकी छिन् । तर, हार्डवेयरका सञ्चालकले पसल ११ बजेसम्म पनि खोलेनन् । उनको आधा दिन आमाको मुख हेर्ने पैसा पर्खदा बितिसकेको सुनाउँछिन् ।

दिनको एकघण्टा काम गरेर दुई हजार रुपिँया मासिक पाउँछिन् उनी । त्यहि पनि भनेको बेला नपाउँदा उनका मनमा अनेकन कुरा खेलिरहेका छन् । सँगै बसेकी छोरीलाई हेरेर उनी मन थाम्छिन् । उनका आँखा रसाउँदै भनिन्–साहुजी कतिबेला आउँछन् र पैसा दिन्छन् भनेर बसेको छु । उनी अर्को ठाउँमा पनि काम गर्छिन् । मासिक तीन हजार लिएर खाना बनाउने काम गर्ने उनलाई आइतबार औंसीको हतारो रहेपनि साहुजी नआउँदा उनको हतारोले पार पाईरहेको छैन । भन्छिन्, हिजो पनि आएको थिएँ, भेटिन, आज पनि पसल त खुलेको छैन ।

उनका श्रीमान् मिस्त्रीको काम गर्दछन् । उनीसँग पनि भनेको बेला पैसा हुँदैन । त्यसैले कल्पना आफैंले काम गरे वापतको पारिश्रमिक लिएर आमासँग भेट्ने सोचमा रहेको सुनाउँछिन् । उनले आर्थिक अवस्था कमजोर भएका कारण विभिन्न ठाउँमा काम गर्नुपर्ने स्थिति रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्