विराटनगरमा रात्रीकालिन होटल–व्यवसाय : व्यापारलाई ग्राहक छैनन्, होटलमा सहज

<span class='c1'>विराटनगरमा रात्रीकालिन होटल–व्यवसाय : व्यापारलाई</span> <span class='c2'>ग्राहक छैनन्, होटलमा सहज</span>

विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग अनुसार स्थानीय प्रशासनले सहजीकरण गरेको छ । २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँग भएको सहमति अनुसार चैत १६ गते स्थानीय प्रशासनले ९ बजेको समय सीमालाई १० बजेसम्म होटल सञ्चालनमा सहजीकरण गर्न थालेको थियो । लगतै होटल व्यवसायीले ११ बजेसम्मको समय मागेका थिए । त्यहि अनुसार सभ्य र शिष्टचारलाई कायम राख्दै सञ्चालन गर्न पाउने गरी स्थानीय प्रशासन लचक हुँदै आएको हो ।

पर्यटन व्यवसायी तथा होटल स्वागतका सञ्चालन राजन श्रेष्ठ होटल व्यवसाय सञ्चालनमा भईरहेको सहजीकरणको नतिजा सकारात्मक रहेको बताउँछन् । उनका अनुसार शिष्टाचारलाई ख्याल गरेर रात्रीकालिन होटल सञ्चालन गर्दा अहिले भारतीय नागरिकको आउजाउ बाक्लिएको सुनाउँछन् । तर, होटल व्यवसाय मात्रै नभई विराटनगरमा व्यापारलाई समेत रात्रीकालिन सञ्चालनको वातावरण आवश्यक रहेको उनको बुझाई छ । स्थानीय सरकार विराटनगर महानगरपालिकाले समन्वय गरेर स्थानीय प्रशासनसँग भएको छलफलमा होटल व्यवसायासँगै व्यापारलाई समेत रात्रीकालिन सञ्चालन मोडलमा लाने भनिएको थियो । तर, आम रुपमा होटल व्यवसाय रात्रीकालिन सञ्चालन गर्ने मानसिकता तयार पारिएपनि व्यापार समेत रात्रीकालिन गराउने भन्ने वातावरण सिर्जना हुन सकेको छैन ।

विराट व्यापार संघका अध्यक्ष अन्सु बन्जराका अनुसार व्यापार हुने गरी ग्राहक आए मात्रै रात्रीकालिन बजार खुल्ला हुनेछ । तर, अहिले ८ बजेपछि बजार सुनसान हुँदा व्यापारीले सटर तानेर घर हिड्ने गरेको उनले सुनाए ।
होटलमा पनि विभिन्न प्रकार छन् । तारे, पर्यटकीयस्तर, मझौला र साना होटलका आ–आफ्नै सेवा रहेका छन् । अझै विराटनगरका गीत गजल तथा रेष्टु–राँ फरक शैलीमा सञ्चालनमा रहेका छन् । पर्यटन व्यवसायी श्रेष्ठका अनुसार गीतगजलदेखि होटल रेष्टु–राँमा आउने सेवाग्राही बढ्दै गएका छन् । होटल व्यवसाय सञ्चालनमा रहन्छ भन्ने सन्देश व्यापारमार्फत पनि दिन सक्ने हो भने बजारमा चहलपलह बढ्न सक्ने र अन्तर–व्यापार बृद्धिमा सहयोग पुग्ने उनी सुनाउँछन् ।

विराट व्यापार संघका अध्यक्ष बन्जरा सर्वपक्षीय छलफलको निष्कर्ष पनि बजार पुरै खुल्ला रहने भन्ने रहेको सुनाउँछन् । तर, त्यसको प्रभाव होटलका क्षेत्रमा सकारात्मक देखिदाँ व्यापारको क्षेत्रमा भने देखिएको छैन । अध्यक्ष बन्जराले राती किनमेल गर्न पाइन्छ भन्ने सन्देश दिन नसकिएको बताउँछन् । विराटनगरमा रातभर चहलपहल हुन्छ भन्ने सन्देश आम रुपमा जानुपर्ने र त्यो सन्देश अनुसारको व्यापारमा समेत बढोत्तरी हुने अवस्था आउँदा मात्रै त्यसले निरन्तरता पाउने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्