माता तीर्थ औंशीमा नावुन विराटनगरद्धारा आश्रमका जेष्ठ नागरिकलाई भोजन

<span class='c1'>माता तीर्थ औंशीमा नावुन विराटनगरद्धारा</span> <span class='c2'>आश्रमका जेष्ठ नागरिकलाई भोजन</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले माता तीर्थ औंशीको अवसरमा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन गराएको छ । विराटनगर १० स्थित मानव सेवा आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्ती गुरुङले जानकारी दिनुभयो ।


कार्यक्रममा अध्यक्ष गुरुङले ज्येष्ठ नागरिकहरू हाम्रो समाजका लागि अमुल्य सम्पत्ती भएको बताउँदै समाजमा ज्येष्ठ नागरिकहरूको योगदानलाई सदैव सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो । नाबुन विराटनगरले यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिएर अगाडी बढ्ने उहाँले बताउनुभयो ।

नाबुनकी केन्द्रीय सचिवालय सदस्य ममता प्रधानले सुन्दर संसारमा ज्येष्ठ नागरिकहरूको अथक योगदान रहेको बताउँदै आजका दिन हामीले उहाँहरुलाई भोजन गराउन पाउँदा खुशी लागेको बताउनुभयो । मानव सेवा आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरूले नाबुनको यस पहललाई अत्यन्तै सराहना गरेका छन् ।


कार्यक्रममा नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल, पूर्व उपाध्यक्ष ललिता धिमाल, प्रदेश सदस्य मन्दिरा भट्टराई, नाबुन विराटनगरको निर्वतमान अध्यक्ष भली सुब्बा लगायत विभिन्न सौन्दर्यकर्मीहरूको उल्लेखीय सहभागिता रहेको थियो। आश्रमकी पार्वती तिवारले नाबुनले माता तीर्थ औंशीको अवसरमा आयोजित यो कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकहरूप्रतिको सम्मान र हेरचाहको महत्वलाई झल्काएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्