विराटनगर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्न विराटनगर-९ कलेज रोडमा अस स्टडिजको शाखा कार्यालय संचालनमा आएको छ।

विराटनगरमा आज (सोमबार) एक कार्यक्रम आयोजना गरी स्टडिजको शाखा कार्यालय संचालनमा आएको हो ।
अस स्टडिजका निर्देशक नवराज अधिकारी,विराटनगर शाखाका निर्देशक बुद्ध लामा र प्रोफेसर डा. केशव प्रसाद गडतौलाले शाखा कार्यालयको उद्घाटन गरे ।

काठमाडौं,ललितपुर,बनेपा,पोखरा,बुटवलबाट आफ्नो सेवा दिदै आएको अस स्टडिज विराटनगर शाखाले जनाएको छ। सन् २००६ मा स्थापना भएको स्टडिजले अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, युरोप क्यानडालगायतको देशमा पढ्न जना चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

अस स्टडिजले आयल्स,पीटी,डुओलिंगो,अंग्रेजी भाषाको कक्षा समेत संचालन हुने छ। विदेशी अध्ययन गर्नको लागि जाने १४ हजार जना भन्दा बढी विद्यार्थीहरुलाई पठाउन सफल भएको अस स्टडिज विराटनगर शाखाले जनाएको छ। विराटनगर शाखाका निर्देशक बुद्ध लामा र प्रतीक गुरुङले नेपालमा काम गरिरहेका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरू मध्ये अस स्टडिजले अब अझ विश्वासिलो वातावरणमा परामर्श प्रदान गर्ने जानकारी दिए । उनीहरूले चाँडै नै भियतनाम, चीन र भारतका विश्वविद्यालय अन्तरगत पनि सेवा सुरु गर्न लागिएको बताए ।
२० वटा भन्दाबढी विश्वविद्यालय र ३० वटा भन्दाबढी क्याम्पससँगको सम्झौता भई संचालनमा हुदै आएको छ।