धरानबाट चोरिएको बस विराटनगरमा टुक्र्याएर कवाडीमा बिक्री

<span class='c1'>धरानबाट चोरिएको बस विराटनगरमा</span> <span class='c2'>टुक्र्याएर कवाडीमा बिक्री</span>

विराटनगर । सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा फेला परेको छ । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको हो ।

विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री प्रहरीले बरामद गरेको छ । बस भने विराटनगर १२ मा रोकिएको अवस्थामा रहेको छ । बैशाख १२ गते चोरी भएको बस खोज्दा विराटनगरसम्म ल्याएर कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला परेको व्यवसायी चेम्जोङले जानकारी दिए ।

यता कवाडी गोदाममा प्रहरी पुगेपछि यसका सञ्चालक गीतादेवी साह भने जोगबनीतर्फ लागेको बुझिएको छ । उनलाई सहयोग गर्दै आएका उनका ज्वाँई दिपेन्द्र साह समेत अहिले कवाडी गोदाम छोडेर भागेको प्रहरीले बताएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । चोरीमा संलग्न पक्राउ परेको नपरेको खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्