कोशी प्रदेशमा पहिलोपटक ‘कोशी आईटी समिट २०२५’ बैशाख २० गते हुँदै

<span class='c1'>कोशी प्रदेशमा पहिलोपटक ‘कोशी आईटी समिट</span> <span class='c2'>२०२५’ बैशाख २० गते हुँदै</span>

विराटनगर, बैशाख १६ ,
नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च, कोशी प्रदेशको आयोजनामा ‘कोशी आइटी समिट २०२५’ विराटनगरको टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा आयोजना हुने भएको छ। यो समिट कोशी प्रदेशमै पहिलोपटक हुन लागेको हो, जसमा ५०० भन्दा बढी आईटी प्रेमी, विद्यार्थी, उद्योगी तथा नवप्रवर्तकहरूको सहभागिता रहनेछ। कार्यक्रम बैशाख २० गते हुनेछ ।

‘ग्लोबल आईटी ट्रेन्ड्स एण्ड लोकल अपर्चुनिटीज’ सत्रमा क्लाउड फ्याक्टरीका प्रशान्त पोखरेल, फ्युजमेसिन्स साउथ एसियाका पराग श्रेष्ठ, किम्बु टेककी कर्विका थापा र डेल्टा टेककी एकता गोल्छा सहभागी हुनेछन्। उनीहरूले विश्वव्यापी प्रविधिगत प्रवृत्ति र त्यसबाट स्थानीयस्तरमा खुल्न सक्ने सम्भावनाहरूमा चर्चा गर्नेछन्।

त्यस्तै, ‘इन्डस्ट्री लिडर्स पर्सपेक्टिभ’ सत्रमा खल्तीका अमित अग्रवाल, खालिसिसीका अमुन थापा र पठाओ नेपालका असीम बस्नेतले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन्।

समिटको उद्देश्य कोशी प्रदेशका युवाहरूलाई अन्तर्राष्ट्रिय आईटी क्षेत्रसम्म पहुँच पुर्‍याउने रहेको आयोजक मञ्चका अध्यक्ष मुनान रिजालले जानकारी दिए। उनले यो कार्यक्रम आईटीमा चासो राख्ने विद्यार्थीहरूको लागि विशेष र प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

समिटले प्रदेशको डिजिटल सम्भावनाहरू उजागर गर्दै भविष्यका टेक लिडरहरूलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्