गाँजा लोड भएको पिकअप र ट्रकसहित तीनजना पक्राउ

<span class='c1'>गाँजा लोड भएको पिकअप</span> <span class='c2'>र ट्रकसहित तीनजना पक्राउ</span>

विराटनगर । सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १९९ किलो गाँजा बरामदसहित चालक र सहचालक पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सीतागञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन भट्टराईको कमाण्डमा खटिएको प्रहरीले चालक धनकुटा नगरपालिका– ९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसैगरी बैशाख १५ गते राती धनकुटाको चौबिसे गाउँपालिका– ५ मा ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरेर राखेको अवस्थामा ९ सय ४६ किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि ट्रकसहित ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले चौविसे गाउँपालिका– ५ का मनोज लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु विरुद्ध थप अनुसन्धान भईरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्