विराटनगर । विराटनगरमा भगवान आदिशङ्कराचार्यको जन्मजयन्तीको अवसरमा "श्रीप्रपञ्चसार तन्त्र" को नेपाली संस्करण "कर्मकाण्डसार" नामक ग्रन्थको विमोचन भएको छ।
कमलप्रसाद ढुङ्गानाद्वारा आयोजित यस कार्यक्रम एलिट क्लब, शनिहाट, विराटनगरमा विमोचन भएको हो।
नव वर्ष २०८२ को शुभकामना सहित जारी गरिएको यस निमन्त्रणा पत्रमा "धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे" भन्ने श्लोक उल्लेख गरिएको छ।