आन्दोलनबाट फर्केका शिक्षकहरु गाउँ गाउँमा विद्यार्थी खोज्दै

<span class='c1'>आन्दोलनबाट फर्केका शिक्षकहरु गाउँ</span> <span class='c2'>गाउँमा विद्यार्थी खोज्दै</span>

विराटनगर । २९ दिने आन्दोलनपछि सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकहरु अहिले टोल टोलमा विद्यार्थी खोज्ने अभियानमा छन् ।

शिक्षा ऐन लागुपर्ने माग राख्दै सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले काठमाडौं केन्द्रित एक महिने आन्दोलन गरेका थिए ।

शिक्षक आन्दोलनका कारण बन्द भएका विद्यालय गत शुक्रबारदेखी नै नियमित रूपमा सञ्चालनमा छन् । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । तर स्कुलमा भर्ना अभियानको समयमा विद्यार्थी भर्ना हुन नपाएपछि अहिले विराटनगरमा रहेका अधिकास सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु विद्यार्थी खोजीको लागि घरदैलो अभियानमा जुटेका छन् ।

भर्ना अभियान वैशाख १५ गते सम्म मात्र तोकिएको भएता पनि शिक्षकहरुको आन्दोलनका कारण वैशाख मसान्तसम्मको लागि समय सारिएको महानगरका शैक्षिक महाशाखा प्रमुख राम ढुङ्खेलले जानकारी दिए।

हाल विराटनगर महानगरपालिका भित्र ७५ सामुदायिक विद्यालय रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्