दक्षिण कोरियाको टोली विराटनगरमा

<span class='c1'>दक्षिण कोरियाको</span> <span class='c2'>टोली विराटनगरमा</span>

विराटनगर । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ ।

मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गर्नुभएको थियो । किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो । टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको छ ।

सो अवसरमा मेयर कोइरालाले कोरिया र नेपालबीच पुरानो सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्यमा गरेको प्रगति अनुशरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्