घरेलु हिंसा अब महिलामात्रको मुद्दा होइन : पुरुष पीडितहरू पनी बोल्न थाले

<span class='c1'>घरेलु हिंसा अब महिलामात्रको मुद्दा होइन</span> <span class='c2'>: पुरुष पीडितहरू पनी बोल्न थाले</span>

इन्दु साह
विराटनगर । समाजमा घरेलु हिंसा महिलामाथिको अत्याचारका रूपमा मात्रै बुझिँदै आएको बेला, पुरुषहरू पनि यस्तै हिंसाको सिकार भइरहेका छन् भन्ने यथार्थ विस्तारै सतहमा आउन थालेको छ। मोरङ जिल्ला अदालतका अनुसार पछिल्ला केही वर्षमा ६ देखि १० वटा मुद्दा पुरुष पीडितले दर्ता गर्दै आएका हुन्।

मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष २०८१।८२ मा घरेलुहिंसा पीडित पुरुषको ७ वटा मुद्दा दर्ता भएका छन् भने घरेलुहिंसा पीडित महिलाका १ सय ७१ वटा मुद्दा दायर भएका छन् । पुरुषहरू खुल्न सक्दैनन्, समाजले उनीहरूलाई पीडितको रूपमा स्वीकार्नै गाह्रो मान्छन् भन्छिन् जिल्ला अदालतकी वैतनिक वकिल अन्जना संग्रौला । उनका अनुसार पुरुष पीडितहरूले श्रीमती वा आफ्नै छोराछोरीबाट कुटपिट, तिरस्कार, खान नदिने, मानसिक यातना दिने जस्ता व्यवहारको उजुरी गरेका छन्। सामाजिक संरचना र मान्यताले पुरुषलाई सधैं बलियो र सहनशील देख्नुपर्ने दबाब दिएकोले उनीहरू हिंसाको सिकार हुँदाहुँदै पनि चुप बस्न बाध्य छन्। संग्रौलाका अनुसार धेरैजसो पुरुष मुद्दा हाल्न आउँदैनन्, न त उनीहरूले सहयोग माग्ने आँट नै गर्छन् । पुरुषहरु घरेलुहिंसाका पीडित हुन्छन् भन्ने समाजले अझै सकार गरेको देखिदैन ।

तर, पनी हिंसाले मानसीक तनाव निम्त्याउन थालेपछि उनीहरु सम्वन्धित निकायसम्म आउने गरेका छन् । आर्थिक वर्ष २०८०।८१ मा घरेलुहिसां पीडित पुरुषको ६ वटा मुद्दा दर्ता भएका थिए । भने २०७९।८० मा घरेलुहिंसा सम्वन्धिका १ सय ४७ मुद्दा मध्ये १० वटा मुद्दा पुरुष माथि भएको घरेलुहिंसाका थिए । कानुनले घरेलुहिंसामा महिला मात्र या पुरुष मात्र हिंसामा पर्छ भनेर व्याख्या गरेको छैन । त्यसैले घरेलुहिंसामा परीवारका जोकोहि सदस्य अथवा व्यक्ति पर्नसक्छन् ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ मा व्याख्या गरे अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारिरीक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ । घरेलुहिंसा पीडित व्यक्तिले यस ऐन बमोजिम कसुर भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनुपर्ने छ । यस ऐनको दफा १३ को १ मा लेखिए देखि बाहेको अन्य घरेलुहिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँ देखि पच्चीस हजार रुपैयाँसम्म जरीवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । परीवर्तीत समाजले महिला मात्र होइन, पुरुष पीडितलाई पनि बुझ्न, स्वीकार्न र सहयोग गर्न तयार हुन आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्