जनता समाजवादी पार्टी मोरङको जिल्ला अधिवेशन बैशाख २९ र ३० गते हुदै

<span class='c1'>जनता समाजवादी पार्टी मोरङको जिल्ला अधिवेशन बैशाख</span> <span class='c2'> २९ र ३० गते हुदै</span>

विराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङको प्रथम जिल्ला अधिवेशन बैसाख २९ र ३० गते हुने भएको छ ।

जनता समाजवादी पार्टी नेपाल मोरङले आज(बिहीबार) विराटनगरमा पत्रकार सम्मेलन गरी मारवाडी सेवा सदनमा २ दिन सम्म चल्ने जानकारी दिएको छ ।


२ दिन सम्म चल्ने अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको पार्टीका प्रवक्ता राकेश रोशन यादवले जानकारी दिए । अधिवेशनको उद्धघाटन पार्टीका केन्द्रीय अध्यक्ष एवं भूतपूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गर्ने जनाइएको छ ।
कार्यक्रममा केन्द्रीय नेता, प्रदेश प्रतिनिधि तथा स्थानीय नेताहरूको उपस्थिति रहने जानकारी दिइएको छ। अधिवेशनमा करिब ६ सय प्रतिनिधि, ५० पर्यवेक्षक तथा खुला सत्रमा ५ हजार कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ। अधिवेशनलाई व्यवस्थित बनाउन राजकुमार यादवको संयोजकत्वमा ८१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। त्यसैगरी प्रचारप्रसार, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, स्वयंसेवक परिचालन, जन परिचालन, आवास व्यवस्थापन र स्वास्थ्य उपचार गरी आठ उपसमिति निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्