विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले "बजाज ग्राण्ड एक्सचेन्ज मेला" योजना ल्याएको छ।
उक्त मेला आज(शुक्रबार) देखि जेठ १ गतेसम्म विराटनगरको महाबिर चौक (धरान रोड) आयोजना भईरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको मोटरसाइकल किन्न सक्नेछन्। ग्राहकहरूले शून्य प्रतिशत सर्भिस चार्ज, तत्काल फाइनान्स सुविधा, अतिरिक्त रु. १०,००० सम्मको थप मूल्यांकन, निःशुल्क एक्सेसरिज र "खुशीको मिटर" योजना अन्तर्गत नगद तथा उपहार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौंबाट विशेष मूल्यांकनकर्ताहरू आएका छन्। यी अनुभवी मूल्यांकनकर्ताहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप रु. १०,००० सम्मको बोनस मूल्यांकन दिनेछन्।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तै: घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ। किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउनेछन्।
बिराटनगरको महाबिर चोकमा आयोजना हुने "बजाज ग्राण्ड एक्सचेन्ज मेला" नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम् मूल्यांकन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन्। साथै, "खुशीको मिटर" अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन्।