विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ गतेदेखि

<span class='c1'>विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो</span> <span class='c2'>संस्करण आगामी जेठ ४ गतेदेखि</span>

विराटनगर । नेपाल टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ गतेदेखि १० गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ ।

उक्त प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गर्न लागेको हो ।

प्रतियोगिता कोशी प्रदेश क्रिकेट संघको स्विकृतिमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा खेलाइने छ । प्रतियोगितामा सातवटा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगताका खेलहरु दिवा तथा रात्री रुपमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा कुल २३ खेल आयोजना हुने बताइएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्