विराटनगरमा वैशाख २९ गते वर्ल्डलिंकले बलिङ प्रतिभा खोज्ने

<span class='c1'>विराटनगरमा वैशाख २९ गते</span> <span class='c2'>वर्ल्डलिंकले बलिङ प्रतिभा खोज्ने</span>

विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभा खोजी गर्ने अभियान 'बिट द स्पीड सिजन २' सुरु गरेको छ।

कम्पनीले बिहीबार औपचारिक रूपमा काठमाडौंमा शुरु गरेको यो अभियान विराटनगरमा वैशाख २९ गते (सोमबार) दिउँसो ४ बजे आदर्श माध्यमिक विद्यालयमा हुने वर्ल्डलिंक विराटनगर शाखाका प्रमुख प्रतीक ताम्राकारले जानकारी दिएका छन्।

उक्त छनोट प्रतियोगितामा सहभागिता निःशुल्क रहेको ताम्राकारले बताए। देशभरबाट छानिएका शीर्ष १० तीव्र गतिका बलरहरूलाई काठमाडौंमा हुने ग्रान्ड फिनालेमा सहभागी गराइने र प्रथम हुनेलाई नगद १ लाख रुपैयाँ साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको पूर्ण खर्च व्यहोरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए। त्यस्तै, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए।

बिहीबार मुलपानी क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोम्पाल कामी, अनिल कुमार साह, आसिफ शेख, र ललित राजवंशीले संयुक्त रूपमा शुरु गरेको यो अभियान जनकपुर, लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, बीरगञ्ज, हेटौंडा, चितवन, बुटवल, भैरहवा, लुम्बिनी, पाल्पा, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र पोखरा हुँदै काठमाडौंमा आएर ग्राण्ड फिनाले सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्