बूढानीलकण्ठ स्कुलले मनाइयो बुद्ध जयन्ती

<span class='c1'>बूढानीलकण्ठ स्कुलले मनाइयो</span> <span class='c2'>बुद्ध जयन्ती</span>

विराटनगर । विगत ४२ वर्षदेखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानीलकण्ठ आधारभूत माध्यमिक विद्यालयमा २५६९ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइएको छ।

विराटनगर-२ मा अवस्थित यस विद्यालयमा आयोजित कार्यक्रममा विगतका वर्षहरूमा झैं यस वर्ष पनि नर्सरीदेखि कक्षा तीनसम्मका साना बालबालिकाहरू बुद्ध तथा भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए।

कार्यक्रमको सुरुमा कक्षा १० की छात्रा सरस अधिकारीद्वारा बुद्धको जीवनी बारे चर्चा गरिएको थियो। भने कक्षा ७ का छात्र अनुभव पौडेलद्वारा कविता वाचन गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गौतम बुद्धले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरू जस्तै सधैं सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिइएको थियो।

कार्यक्रमको क्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए। कक्षा २, ३ र ४ का छात्राहरूले "फूलको आँखामा", कक्षा ४ का छात्रहरूले "शान्ति लुकाउँ कहाँ", कक्षा ६ का छात्रछात्राहरूले "जहाँ सुनको बाला", कक्षा ९ का छात्रछात्राहरूले "फर्की आउ शान्ति तिमी" र कक्षा ८ र १० का छात्राहरूले "बुद्ध जन्मेको नेपालमा" बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी सकारात्मक विचारको विकास सम्बन्धी नाटक पनि त्यतिकै आकर्षक रहेको थियो। यसै क्रममा "फूलको आँखामा" बोलको गीतमा सामूहिक गायन समेत प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा विशेष भूमिका निर्वाह गर्नुहुने नृत्य प्रशिक्षक दिपेन्द्र थापा तथा सन्ध्या बञ्जारा, शिक्षिका मञ्जु श्रेष्ठ र अश्विना भट्ट लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरूलाई स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले धन्यवाद दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्