विराटनगर १८ को आपतकालिन गोदाम घर कोशी सरकारलाई हस्तान्तरण

<span class='c1'>विराटनगर १८ को आपतकालिन गोदाम</span> <span class='c2'>घर कोशी सरकारलाई हस्तान्तरण</span>

विराटनगर । विराटनगर १८ आईसिपी परिसरमा निर्माण भएको मानवीय सहायता स्थल÷आपतकालिन गोदाम घर कोशी प्रदेश सरकार मातहत आएको छ । विश्व खाद्य कार्यक्रमले निर्माण गरी राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत रहेको गोदाम घर कोशी प्रदेश सरकारलाई मंगलबार हस्तान्तरण गरिएको हो । प्राधिकरण गृहमन्त्रालय मातहत रहेको छ ।

गोदाम घर गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मंगलबार भन्सारको प्रशासनिक भवनमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए । संघ अन्तर्गत रहेको गोदाम घर प्रदेश मातहत आएसँगै यसको सञ्चालन र व्यवस्थापन पनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ ।

कार्यक्रममा गृहमन्त्री लेखकले जोखिमको भुगोलमा भएका नेपाली जुनसुकै बेला विपद्मा पर्ने संभावना रहेकोले यसको तयारीमा तीन तहका सरकार गम्भीर हुनुपर्ने बताएका थिए । गृहमन्त्री लेखकले हिमालमा लेक, पहाडमा चट्याङ र पहिरो, तराईमा लु र डुबानको जोखिम भौगोलिक कारणले नै सधैं हुने गरेको बताउँदै नागरिकको सुरक्षामा सरकारले सधैं उत्कृष्ट व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
प्रादेशिक आपतकालिन गोदाम घर सातवटै प्रदेशमा बनेका छन् । तर यसको साँचो चाँहि काठमाण्डौंमा रहेको थियो । गृहमन्त्री लेखकले विपद् परेपछि गोदाम घरबाट सामान निकाल्ने अनुमति प्रदेशले संघमा लिनुपर्ने कार्य संघीयताको मर्मसँग मेल नखाने भएकोले सिस्टम नै हस्तान्तरण गरिएको बताए । उनले सातमध्ये चार प्रदेशका आपतकालिन गोदाम घर हस्तान्तरण भईसकेका र बाँकी समेत मनसुन अगाडी नै भईसक्ने जानकारी दिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघका अधिकार प्रदेशमा हस्तान्तरण हुँदै जाँदा नागरिकमा भरोसा समेत थपिदै जाने विश्वास व्यक्त गरेका छन् । उनले निजामती र प्रहरी ऐन संसदबाट पास भएर प्रदेशले पाउने अधिकार हस्तान्तरण भए नागरिकलाई सुरक्षित अनुभूति गर्ने कार्यक्रम प्रादेशिकस्तरमा ल्याउन सकिने बताएका छन् ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत रहेको गोदाम घरसँगै ११ प्रकारका विपद् न्युनीकरणसँग सम्बन्धित सामाग्री समेत हस्तान्तरण गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इ.दिनेश भट्टले जानकारी दिएका छन् । विश्व खाद्य कार्यक्रमसँग भएको सम्झौता अनुसार सामाग्रीहरु थप हुँदा प्रादेशिक गोदाम घरहरुमा भण्डारण गरिने जानकारी दिएका छन् । गोदाम घरमा टेन्ट, रोलवे बेड, रोल बेड म्याट्रेस, ब्लाङकेट, म्याट्रेस, स्लिपिङ ब्याग, सानो म्याट्रेस, तारपुलिङ, प्लासिटकका सिट र पिलो जस्ता सामाग्रीहरु छन् ।
प्राधिकरणका कार्यकारी अधिकृत भट्टले यो वर्ष गत वर्ष भन्दा अधिक वर्षा हुने भएकोले मनसुन सक्रिय हुनु अगावै धेरै कामको तयारी गर्नुपर्ने बताएका छन् । राजनीतिक दलहरुले सचेतनाका कार्यक्रमहरुलाई गाउँघरसम्म पु¥याउन सहयोग गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्