विराटनगर हाटखोलास्थित मोरङ कारागारको नयाँ भवन सञ्चालन

<span class='c1'>विराटनगर हाटखोलास्थित मोरङ कारागारको</span> <span class='c2'>नयाँ भवन सञ्चालन</span>

विराटनगर । जिल्ला कारागार मोरङको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले नयाँ भवनको विराटनगर कारागार परिसरमा उद्घाटन गरेका हुन् ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले ३६ करोड १२ लाख ८५ हजार २८० रुपिँया लागतमा विराटनगर ८ स्थित हाटखोला कारागार परिसरमा निर्माण सम्पन्न दशवटा भवन एकसाथ सञ्चालनमा आएका हुन् ।

मोरङ कारागारका प्रमुख गर्व ढुंगेलका अनुसार हाल ९३२ पुरुष र १०९ महिला कारागारमा रहेका छन् । महिलासँग आश्रीत तीनजना बालबालिका समेत रहेका छन् ।

नयाँ निर्माण भवन ४१४ जना क्षमताको रहेको छ । कारागार परिसरमा पुरुष सुधारगृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सुरक्षा चेकजाँच कक्ष, सडक, नाला, आकस्मिक पानी भण्डार समेत निर्माण भएर सञ्चालनमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्