विराटनगरको ‘युमि स्कुल’ ले भव्य रुपमा मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

<span class='c1'>विराटनगरको ‘युमि स्कुल’ ले भव्य रुपमा</span> <span class='c2'>मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस</span>

विराटनगर । विराटनगर महानगरपालिका १९ मिलन चौकमा रहेको युमि स्कूल मोरङले बिहीबार एक विशेष समारोहका साथ आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरू, छात्र–छात्राको सम्मान तथा अभिभावकहरूको उपस्थितीमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिका १९ का वडाध्यक्ष श्याम घिमिरे तथा चियरमेन चन्द्रवती राईले दीप प्रज्वलन गर्दै गर्नुभएको थियो ।


उद्धाटनपछि प्रमुख अतिथी वडा अध्यक्ष घिमिरेले वर्तमान शिक्षा प्रणालीमा गुणस्तरको महत्वलाई जोड दिँदै अबको आवश्यकता रोजगारमुखी शिक्षा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अबको शिक्षा केवल किताबी ज्ञानमा सिमित हुनु हुँदैन । विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीपमा आधारित शिक्षा दिन जरुरी छ जसले भविष्यमा उनीहरूलाई आत्मनिर्भर बनाउन सकोस ।’ यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध मजबुत बनाउन मद्दत पुर्‍याउने भन्दै विद्यालयको प्रगतिको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो ।


अभिभावक दिवसमा विद्यार्थीहरूले नृत्य, नाटक, गीत तथा वाद्यवादन जस्ता विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यार्थीहरुले नेपाली तथा जापानिज सांस्कृतिक विविधता झल्काउने नृत्य प्रस्तुत गरेका थिए भने सचेतनामुलक नाटक पनि प्रस्तुत गरेका थिए । साथै अहिले सामाजिक संजालले बालबालिकाहरुको मनोविज्ञानमा कस्तो असर पारिरहेको छ र यसले के कस्तो परिवारिक समस्या ल्याएको छ भन्ने विषयमा उत्कृष्ट नाटक प्रस्तुत गरेका थिए ।


कार्यक्रममा प्रस्तुत गरिएको नाटक कार्यक्रमका अतिथी , अभिभावक, विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले प्रसङसा गरेका थिए । साथै कार्यक्रममा शैक्षिक, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफीद्वारा सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरुलाई कार्यक्रम प्रमुख अथिती विशिष्ट , स्कुलका प्रिन्सीपल , स्कुलका संचालक लगायत अन्य शिक्षक तथा शिक्षिकाहरुले पुस्कार प्रदान गरेका थिए ।


कार्यक्रममा विद्यालय व्यवस्थापन प्रमुख अनिल श्रेष्ठले विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालय सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । घर र विद्यालयको साझा जिम्मेवारी बाल बालकालिकालाई शिक्षित अनुशासित र भावनात्मक रुपमा सशक्त बनाउने यात्रामा स्कुल सदैभ तप्पर रहेको समेत श्रेष्ठले कार्यक्रममा उद्धघोष गर्नुभयो ।

समारोहको समापनमा विद्यालयकी चियरमेन चन्द्रवती राईले विद्यालय स्थापना कालदेखि नै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा भनेको केवल ज्ञान दिने माध्यम मात्र होइन, यो चरित्र निर्माणको आधार पनि हो। हामीले आफ्ना विद्यार्थीहरूलाई अनुशासित, आत्मनिर्भर र सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको वातावरणमा शिक्षण सिकाइ गर्दै आएका छौं।”


राईले विद्यालयमा हाल नर्सरीदेखी कक्षा १० सम्म करिब ५ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिंदै विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विस्तारमा समेत विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । आगामी वर्ष अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रमको संचालन धरानबाट आउनुभएकी सञ्चारकर्मी तथा उद्धघोषिका सञ्जु राईले गर्नुभएको थियो । भने सास्कृतिक नृत्य कार्यक्रमको कोरियोग्राफ अजय राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्